शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एमएनओ केन्द्रीय सभाको दुईदिने बैठक सम्पन्न

Laasim Hang Mongol | 10 मे 2019

एमएनओ केन्द्रीय सभाको दुईदिने बैठक सम्पन्न

काठमाडौं/ मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सभाको दुईदिने बैठक आज सम्पन्न भएको छ । May 9 विहिबारका दिन बिहान 9 बजे देखि बालुवाटार स्थित बेलौती बगैंचा क्याफेको सभा हलमा प्रेसिडेण्ट बुद्धलाल मेचेको अध्यक्षतामा बसेको बैठक दुई दिन सम्म बसेको थियो । संगठनले सांगठनिक रुपमा बिगत ३० वर्ष देखि राज्यको सम्पुर्ण व्यवस्थापन परिवर्तनको निमित्त लड्दै आईरहेको र संगठन पहिले भन्दा फैलिएर देशैभरी विस्तार भएकोले सांगठनिक सहजताको निमित्त केन्द्रीय सभाले बैठक तय गरेको थियो ।

        May 9 बिहिवार पहिलो दिन संगठनका मूलसचिव थम्मन बुढामगरले सांगठनिक प्रगति विवरण बुझाए संगै शुरूवात भएको कार्यक्रममा पहिलो दिन केन्द्रीय सदस्य, वरिष्ठ केन्द्रीय सदस्य, केन्द्रीय सल्लाहकार, वैकल्पिक केन्द्रीय सदस्य लगायत प्रदेश सभाका अध्यक्षहरुले आ-आफ्नो प्रगति प्रतिवेदन प्रस्तुत्व गरेका थिए । देशभरबाट उपस्थित केन्द्रीय सदस्यहरुले प्रगति प्रतिवेदन प्रस्तुत गर्ने क्रममा दोश्रो दिन May 10 शुक्रबारका दिन पनि बिहान 9 बजे देखिनै प्रतिवेदन पेश गरेका थिए । त्यसैगरी सोही दइन दिउँसो भने अबको चुनावमा संगठनले सरकारमा पुग्ने निर्णयलाई सर्थकता तुल्याउन के कसरी अघि बढ्ने इत्यादी विविध प्रस्तावहरु माथी व्यापक छलफल गरी निर्णय पास गरेको छ ।

एमएनओ केन्द्रीय सभाको दुईदिने बैठक सम्पन्न

      युग पुरुष अमर डा.गोपाल गुरुङले देख्नु भएको बनाउन चाहानु भएको देश साकार पार्न हामिले जितेर सरकारमा पुग्न नितान्त आवश्यक रहेको तर जितले हामिलाई नजिकैबाट पर्खिरहेकोले सम्पुर्ण केन्द्रीय सदस्यहरुलाई अनुशासित, इमान्दार, लगनशील र धर्यताका साथ संगठनलाई अघि बढाउनु कार्यक्रमका अध्यक्ष प्रेसिडेण्ट बुद्धलाल मेचेले अनुरोध गर्नु भयो । दुईदिन सम्म चलेको केन्द्रीय बैठकमा उठेको बिबिध प्रस्ताव र छलहरुबाट संगठनले निक्कै फड्को मार्ने कुरा केन्द्रीय सचिव सन्तोष तामाङले मंगोल भिजनलाई बताउनु भयो भने उक्त कार्यक्रमलाई संगठनका मूलसचिव थम्मन बुढामगरले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्