मङ्गलबार 23 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एमएनओ कमल गाउँसभाको टुक्रेमा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण सम्पन्न

Mongol Vision News | 17 अगस्ट 2019

एमएनओ कमल गाउँसभाको टुक्रेमा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण सम्पन्न

झापा/ मंगोल नेशनल अर्गनाइजेशन कमल गाउँसभाको आयोजनामा वडा नम्वर ५ स्थित टुक्रेमा मंगोल राष्ट्रवाद सम्बन्धी एकदिने खुल्ला प्रशिक्षण सम्पन्न भएको छ ।

 

          17 अगष्ट शनिबारका दिन कमल गाउँसभा अध्यक्ष प्रेम लिम्बूको अध्यक्षतामा टुक्रे स्थित मंगोल राष्ट्रवाद सम्बन्धी एकदिने खुल्ला प्रशिक्षण सम्पन्न भएको छ । संगठनका केन्द्रीय सदस्य सान बहादुर मेचेको प्रमुख आतिथ्यता रहेको उक्त प्रशिक्षण कार्यक्रममा विशिष्ट अतिथिमा भने केन्द्रीय सदस्य आयुष बिक रहनु भएको थियो । त्यस्तै अतिथिमा एमएनओ एक नम्बर प्रदेश सचिव सागर राई रहनु भएको थियो । कार्यक्रममा नवलपुर जिल्ला निवासी केन्द्रीय सदस्य एवम् कार्यक्रमका विशिष्ट अतिथी आयुष बिकले उपस्थित मंगोलप्रेमी लोकहरुलाई मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

 

        पुर्वको मंगोल र पस्चिमको मंगोलको पिर व्यथा वेदना एउटै रहेको कुरा उहाँले बताउनु भयो । प्रशिक्षणकै क्रममा पुर्वको मंगोल र पस्चिमको मंगोललाई अन्याय गर्ने मूल शत्रु पनि एउटै विदेशी बाहुन क्षेत्री रहेकोले पुर्व पश्चिम् उत्तर दक्षिण सबैतिरको मंगोल एकढिक्का भएर अस्तित्व प्राप्तिको निमित्त एमएनओमा आबद्ध हुनुपर्ने कुरामा उहाँले जोडदिनु भएको थियो । कार्यक्रममा कमल गाउँसभका सदस्य हिजन राईले स्वागत मन्तव्य राखेका थिए भने अतिथीद्धय सान बहादुर मेचे र सागर राइले पनि मन्तव्य राख्नु भएको थियो । प्रशिक्षण कार्यक्रम पश्चात् बल्ल वास्तविकता बुझ्न पाएको कुरा स्थानिय मंगोलप्रेमी लोकहरुले बताएका थिए भने उक्त प्रशिक्षण कार्यक्रम मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाका अध्यक्ष लासिम हाङ मंगोलले सन्चालन गरेका थिए ।

   

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्