बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एमएनओ मेचीनगर सभाको ३ दिने बन्द प्रशिक्षण सम्पन्न

Baneera Mongol Meche | 17 फेब्रुअरी 2019

एमएनओ मेचीनगर सभाको ३ दिने बन्द प्रशिक्षण सम्पन्न

झापा / एमएनओ मेचीनगर नगरसभाको आयोजनामा तीन दिने कार्यकर्ता क्षमता अभिबृद्धि, प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

एमएनओ मेचीनगर सभाको ३ दिने बन्द प्रशिक्षण सम्पन्न

                                    मेचीनगर नगर कोषाध्यक्ष सन्देश राईको स्वागत मन्तव्य सँगै कार्यक्रमको पहिलो दिन प्रमुख अतिथि साथै प्रमुख प्रशिक्षकको रुपमा रहनुभएको संगठनका केन्द्रीय सचिव सन्तोष तामाङज्युको हातबाट दीप प्रज्वलन गरी युग पुरुष अमर डा.गोपाल गुरुङ ज्युको सम्झनामा एक मिनेट मौन धारण गरी विधिवत रुपमा प्रशिक्षण कार्यक्रम सुचारु भएको थियो । प्रमुख अतिथि तामाङले सांगठानिक विषयमा बृहत रुपमा प्रशिक्षण प्रदान गर्नु भएको थियो भने विशिष्ट अतिथि केन्द्रीय सर्वोच्च सभाका सदस्य एवम् केन्द्रीय आर्थिक विभाग सदस्य सान बहादुर मेचेज्यूले पनि कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो ।

                         त्यसैगरी कार्यक्रमको दोस्राे दिन प्रमुख अतिथि साथै प्रमुख प्रशिक्षक प्रदेश नं. १ सभाका अध्यक्ष भास्कर चाम्लिङज्युले प्राविधिक विषयमा प्रशिक्षण प्रदान गर्नु भएको थियो ।  कार्यक्रमको अन्तिम दिन आज केन्द्रीय सदस्य दिलबरी राईज्यूको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रशिक्षार्थीहरुले आ-आफ्नो अनुभव र बिचारहरू व्यक्त गरेका थिए । अन्तिम दिनको उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा प्रदेश नं.१ सभाका अध्यक्ष भाष्कर चाम्लिङ रहनु भएको थियो । कार्यक्रममा अतिथिको रुपमा प्रदेश नं. १ सभा सदस्य डि.एन.धिमाल, निबर्तमान झापा जिल्ला सभा सदस्य भरत राई रहनुभएको थियो । अन्तिम दिनको कार्यक्रमलाई विशिष्ट अतिथि प्रदेश नं. १ सभा अध्यक्ष भास्कर चामलिङ, अतिथि निबर्तमान झापा जिल्ला सदस्य भरत राईले पनि सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सभा अध्यक्ष मेचीनगर नगरसभा अध्यक्ष सागर दर्जीले गर्नु भएको हो भने कार्यक्रम सञ्चालन सचिव सिनारा मेचेले गरेकी थिइन् ।

                                      कार्यकर्ता संगठनको मुख्य हतियार भएकोले कार्यकर्ता निखारता सँगै संगठन विस्तारमा सदैव जोस र होशका साथ अघि बढ्न प्रेरित गर्ने उद्देश्यका साथ मेचीनगर नगरसभाको उक्त प्रशिक्षण कार्यक्रममा नगरसभाका वडा र टोल सभा लगायत मंगोल शुभचिन्तकहरूको पनि उल्लेखनीय उपस्थित रहेको थियो भने एमएनओ झापा जिल्ला सभाको ऐतिहासिक १३अाैं ऐतिहासिक जिल्ला अधिवेशनमा नगरसभाले के कस्तो भुमिका निर्वाह गर्न सकिन्छ भन्ने विषयमा पनि बेजोड छलफल पश्चात अधिवेशनको प्रचारप्रसारको लागि सात वटा प्रचारप्रसार समुहको निर्माण भएको र उक्त समुहमा न्युनतम पाँच सदस्य रहने गरी समुह बनाएको सचिव सिनारा मेचेले मंगोल भिजनलाई जानकारी दिनु भयो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्