बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एमएनओ नवलपुरले धुमधाम संग २५औं विश्व मूलवासी दिवस मनायो

Mongol Vision News | 10 अगस्ट 2019

एमएनओ नवलपुरले धुमधाम संग २५औं विश्व मूलवासी दिवस मनायो

नवलपुर / मगोल नेसनल अर्गनाइजेसन जिल्ला सभा नवलपुरको आयोजनामा देवचुली नगरपालिका वडा न:१३ दलदलेमा वृहत् र्यालीका सथा २५औं विश्व मुलवासी दिवस कार्यक्रम सप्पन्न भएको छ। र्याली देबचुली नगरपालिकाको धारापानी चोकवाट सुरु भई नगरपालिकाको प्राङ्गण हुँदै दलदले चोक हुँदै साहारा पार्टी प्यालेसमा बिसर्जन गरेको थियो । ९ अगष्ट २०१९ का दिन जिल्ला अध्यक्ष जय बहादुर सारु मगरको अध्यक्षतामा सम्पन उक्त कार्यक्रममा केन्द्रीय सदस्य कुमार गुरुङ प्रमुख अतिथि रहनु भएको थियोे भने बिशिष्ट अतिथिको रुपमा केन्द्रीय सदस्य आयुष बिक र रुम माया चितौरे मगर रहनु भएको थियो । त्यस्तै अन्य अतिथिहरुमा दुई नम्बर प्रदेश सह-सचिब कुल बहादुर श्रीष मगर, प्रदेश सदस्य प्रेम सोमै र दुत बहादुर आले लगयत ज्ञान बहादुर कुमाल, देउ माया थापा र लिला राना मगर रहनु भएको थियो ।गण्डकि अतिथिहरुले मूलवासी मगोलहरुको बारेमा आ-आफ्ना बिचारहरु राख्नु भएको थियोे ।

एमएनओ नवलपुरले धुमधाम संग २५औं विश्व मूलवासी दिवस मनायो

कार्यक्रमका बिशिष्ट अतिथिहरुले मूलवासी र आदिवासीको अर्थ स्पष्ट पर्दै हामीले आफ्नो अस्तित्व बुझ्नु जरुरी भएको कुरा बताउनु भएको थियो भने प्रमुख अतिथि गुरुङले मंगोलहरुको अस्तित्व एमएनओले मात्र प्रदान गर्न सक्छ भन्दै एमएनओको ऐतिहास र मंगोल राष्ट्रवाद सम्बन्धी राजनितीक प्रशिक्षण प्रदान गर्नु भएको थियो । कार्यक्रमको सभाध्यक्ष जय बहादुर सारुले बिश्वका सम्पुर्ण देशहरुमा २५औं विश्व मुलवासी दिवस मनाईरहँदा नेपालमा भने मुलवासी मंगोलहरुले पनि नबुझेको कारणले आदिवासी दिवस मनाईराखेका छन ।यो समस्याको समाधान गर्नका लगि हामीले मुलवासी र आदिवासीको अर्थ बुझाइ आफ्नो अस्तित्व खोजी र वचाउनुपर्ने बताउनु भएको थियो । कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो भने उक्त कार्यक्रम जिल्ला सचीव धान बहादुर थापाले सन्चलन गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्