शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एमएनओ पाल्पा जिल्ला मंगोलमय बन्दै- एकैदिन विभिन क्षेत्रहरूमा प्रशिक्षण सम्पन्न

Mongol Vision News | 8 फेब्रुअरी 2020

एमएनओ पाल्पा जिल्ला मंगोलमय बन्दै- एकैदिन विभिन क्षेत्रहरूमा प्रशिक्षण सम्पन्न

पाल्पा/ मंगोल नेशनल अर्गनाइजेशन पाल्पा जिल्ला सभा मंगोलमय बनेको छ । एकैदिन पाल्पा जिल्लाको विभिन्न क्षेत्रहरुमा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण साथै टोल सभा गठन कार्यक्रम सम्पन्न भएको छ ।

    आज तदनुसार 8 फेब्रुअरी शनिवारका दिन पाल्पाको माथागढि वडा नम्बर ३ कोसेनिको एक्लेवरमा एमएनओ पाल्पा जिल्ला सभाको सक्रियता र जिल्ला सदस्य कृष्ण गाहाको सभाध्यक्षतामा मंगोल राष्ट्रवाद सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बिमल घर्ती मगरले औपचारिक रुपमा सन्चालन गरेको कार्यक्रममा संगठनका केन्द्रीय सदस्य तथा केन्द्रीय अनुशासन विभाग सदस्य लालबहादुर दर्लामि प्रमुख अतिथिको रुपमा रहनु भएको थियो । प्रमुख अतिथी दर्लामिले उपस्थित मंगोलप्रेमी लोकसमुदायहरुलाई मानव अस्तित्व विषयमा प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

    त्यसैगरी सोहि दिन पाल्पा जिल्ला सभाको सक्रीयतामा माथागढी वडा ३ कसेनिको सरापकोट टोलमा धन बहादुर रानाको अध्यक्षता र एमएनओ पाल्पा जिल्ला सभा अध्यक्ष तोप खाम्चाको प्रमुख आतिथ्यतामा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी तोप खाम्चाले कसेनी सरापकोट टोलका मंगोलप्रेमी लोकसमुदायहरु माझ समसामयिक राजनितीक विषयवस्तु संगै मानव उत्पत्ति विषयमा प्रशिक्षण प्रदान गरेका थिए भने सुस्मा रानाले कार्यक्रम सन्चालन गरेकी थिइन् ।

एमएनओ पाल्पा जिल्ला मंगोलमय बन्दै- एकैदिन विभिन क्षेत्रहरूमा प्रशिक्षण सम्पन्न

त्यसैगरी गाउँ-गाउँ जाऔं, मूलवासी मंगोल जगाऔं, अस्तित्व बचाऔं केन्द्रीय सभाको मूल अभियानलाइ आत्मसात गर्दै सोही दिन एमएनओ माथागढि वडा २ रुप्से सभाका संयोजक पुर्ण बहादुर रुचालको अध्यक्षता र एमएनओ पाल्पाका सचीव पुरन दर्लामीको प्रमुख आतिथ्यतामा मंगोल राष्ट्रवाद सम्बन्धी एकदिने खुल्ला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त प्रशिक्षण कार्यक्रमको बीच १० सदस्यीय पिपलडाडा टोल सभा गठन भएको छ । उक्त टोल सभाको संयोजकमा गोपाल घर्ती चयन भएको छ भने अन्य सदस्यहरु केशव सारु, मधुसुधन कुमाल, दामोदर घर्ती, राधा घर्ती, देबेन्द्र थापा, चेत कुमारी घर्ती, पदमा घर्ती, मान कुमारी घर्ती र दिल बहादुर थापा रहेका छन।कार्यक्रममा अर्जुन जर्घाले स्वागत मन्तव्य राखेका थिए । त्यसैगरी सुरज सारुले उक्त प्रशिक्षण कार्यक्रम सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्