शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एमएनओ प्रवास सभा कतारको अध्यक्षमा देबिन्द्र गर्बुजा मगर मनोनीत

Mongol Vision News | 19 जनवरी 2020

एमएनओ प्रवास सभा कतारको अध्यक्षमा देबिन्द्र गर्बुजा मगर मनोनीत

काठमाडौं/ मंगोल नेशनल अर्गनाइजेशन प्रवास सभा कतारको अध्यक्ष पदमा देबिन्द्र गर्बुजा मगर सर्वसम्मतिले मनोनीत भएको छ ।

      17 जनवरीका दिन कतारको सनैया स्थित ग्राण्डमल प्लाजा रेड चिल्ली रेस्टुरेन्टमा बसेको बैठकले सचिव देबिन्द्र गर्बुजा मगरलाई अध्यक्ष पदमा मनोनित गरेको थियो । केहि अस्वस्थका कारण पुर्व अध्यक्ष अर्जुन स्याङ्बो तामाङ नेपाल फिर्ने भएसी उक्त रिक्त पदमा मगरलाई चयन गरेको प्रचारप्रसार सचिव विनोद पुन मगरले मंगोल भिजनलाई बताउनु भयो । कार्यक्रममा कतार प्रवास सभाका सल्लाहकार हेम राईले स्वागत मन्तव्य राख्नु भएको थियो भने प्रवास सभा कतारका सल्लाहकारहरु लगायत प्रचारप्रसार सचिव विनोद पुन मगरले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

एमएनओ प्रवास सभा कतारको अध्यक्षमा देबिन्द्र गर्बुजा मगर मनोनीत

एम.एन.अाे प्रवास सभा कतारका काेषाध्यक्ष नेत्र रानामगरले वार्षिक अाय व्यय विवरण प्रस्तुत गर्नु भएकाे थियाे।

प्रवास सभामा रहेर मंगोल मुक्तिको जुन सक्रियता छ त्यसलाई नेपालमा पनि उत्तिकै सक्रियता र जोसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने कुरा निवर्तमान अध्यक्ष अर्जुन स्याङ्बो तामाङले बताउनु भएको थियो । साथै संगठनको झण्डा मुनि रहेर विधान र अनुशासनलाई आत्मसात गर्दै संगठनलाई अघि बढाउन आग्रहका साथ निवर्तमान अध्यक्ष अर्जुन स्याङ्बो तामाङले उक्त बैठकलाई समापन गर्नु भएको थियो भने सचिव राजा तामाङले कार्यक्रम सन्चालन गरेका थिए ।

प्रवास सभा कतारकाे रिक्त पद पुर्तिकाे लागि मनाेनयन भएका नयाँ पदाधिकारीहरूः

अध्यक्षः देवेन्द्र गर्वुजामगर, सचिवः राजा तामाङ, सदस्यहरूः खुमबहादुर रामजालीमगर, लालबहादुर तामाङ, हरीबहादुर गुरूङ, मनबहादुर राई, अाशालाल तामाङ, बसन्त कुमार राई, टीका राई, 

 

 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्