शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एमएनओ प्रवास सभा कतारमा २५औं विश्व मूलवासि दिवस भव्यताका साथ सप्पन्न

Mongol Vision News | 10 अगस्ट 2019

एमएनओ प्रवास सभा कतारमा २५औं विश्व मूलवासि दिवस भव्यताका साथ सप्पन्न

काठमाडौं/ मंगोल नेशनल अर्गनाइजेशन प्रबास सभा कतारको आयोजनामा २५औ विश्व मूलबासी दिवस दोहा स्थित Mr.Grill रेष्टुरेन्टको सभाहलमा संगठनको अध्यक्ष अर्जुन स्याङ्बो तमाङको सभाध्यक्षतामा साथ सम्पन्न भएको छ ।

         9 अगष्ट शुक्रवारका दिन मंगोल नेशनल अर्गनाइजेसन प्रवास सभा कतारका सभाध्यक्षबाट कार्यक्रमको ब्यानर अनावरण गरिएको थियो । MNO प्रवास सभा कतार संगठनको निवर्तमान कोषाध्यक्ष नेत्र राना मगरको स्वागत मन्तव्य संगै औपचारिक रुपमा शुरूवात भएको उक्त कार्यक्रममा एम.एन.ओ. प्रवास सभा कतारका निवर्तमान सक्रिय युवा प्रचारप्रसार सचीव बिनोद शेर्पुजा पुन मगर ज्युले २५औ मुलवासी दिवसको अवसरमा असली भुमिपुत्र मुलवासी मंगोलहरु आदिवासी जनजाती शरणार्थी नभएर यो देशको उत्पत्ति मुलवासी मंगोल भएको बैज्ञानिकले प्रमाणित गरेको बताए । मन्तव्यकै क्रममा उहाँले सम्पुर्ण मुलवासी मंगोलहरु एकजुट भएर जानु पर्ने र अस्तित्व प्राप्तिको लागि संगठनका निमित्त पसिना मागे पसिना, रगत मागे रगत बलिदान दिनु तयार रहनु पर्ने बताए । हाम्रो भावी सन्ततिको निम्ति र अस्तित्वको लागि बैचारिक लडाइँ लडनु पर्ने बताउँदै २५औं विश्व मुलवासी दिवसको शुभकामना मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रममा प्रवास सभा कतारका पदाधिकारीहरु लगायत नब आगन्तुक शुभेच्छुक, शुभचिन्तक मंगोलहरुको बाक्लो उपस्थिति थियो ।

 

         २५औं विश्व मूलवासी दिवसको अवसरमा कतारको दोश्रो अधिवेशनबाट नवनिर्वाचित सचिव पासाङ नोर्बु शेर्पा कर्मभुमीबाट जन्मभुमी नेपाल फर्किएसी रिक्त रहेको सचिव पदमा देबेन्द्र गर्बुजा मगरलाई सर्वसहमतले चयन गरेको मंगोल भिजनलाई अध्यक्ष स्याङ्बोले बताए । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै स्याङबोले राज्यको विदेशी शरणार्थी बाहुन क्षेत्रीले मूलवासी मंगोलहरुलाई षड्यन्त्र पुर्वक आदिवासी जनजाती बनाउने भनाउने दुस्साहस गरिरहेकोले सम्पुर्ण मूलवासी मंगोलहरु सचेत रहन अहवान गर्नुहुँदै २५औं विश्व मूलवासी दिवसको शुभकामना व्यक्त गरेका थिए । त्यसैगरी कार्यक्रममा प्रवास सभा कतारका कोषाध्यक्ष नेत्र रानाले पनि मन्तव्य राख्नु भएको थियो भने देबेन्द्र गर्बुजाले कार्यक्रम सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्