बिहिबार 16 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एमएनओ राइनास वडा सभा गठन

Anita Thapa Magar | 29 फेब्रुअरी 2020

एमएनओ राइनास वडा सभा गठन

लमजुङ/ मंगोल नेशनल अर्गनाइजेशन राइनास नगर सभाको आयोजनामा राइनास नगर सभाका अध्यक्ष राम बहादुर गुरुङको सभाधक्ष्यता र मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा लम्जुङका अध्यक्ष विकास गुरुङको प्रमुख आतिथ्यतामा लम्जुङ जिल्लाको वडा नं.९ कुवा पानी स्थित कुवापानी आमा समूह भवनमा एकदिने मुलवासी मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

    29th February,2020 का दिन कार्यक्रमका प्रमुख अतिथिले नेपालको समसामयिक घटनाहरुलाइ जोड्दै नेपालमा भइरहेको नाम मात्रको लोकतान्त्रिक शासन पद्धति र राणा तथा पन्चायतकालको शासन व्यवस्था एउटै नश्लका हिन्दु आर्यन बाहुन क्षेत्रीहरुले सम्हालेको कुरामा जोड दिनुहुँदै बाहुन क्षेत्रीहरुले कुट्ने, रुने नाटक मिलेर गर्ने र मुलवासी मंगोल मराउने षड्यन्त्र शताब्दीऔं देखि गर्दै आएको कुरा प्रष्ट पार्नु भएको थियो । प्रशिक्षणकै क्रममा उहाँले भन्नू भयो "नेपालका मुलवासी मंगोलको अस्तित्व प्राप्तिका लागि जीवन समर्पण गर्ने मंगोल नेशनल अर्गनाइजेशनका फाउण्डर प्रेसिडेन्ट युग पुरुष अमर डा.गोपाल गुरुङले सम्पुर्ण मुलवासी मंगोल अट्ने साझा संगठन मंगोल नेशनल अर्गनाइजेशन भद्रगोल जेलभित्र नै संघर्ष गरि ज्यानको बाजि लगाएर खोल्नु भएको हो।

    उहाँलाई ह्रुदय देखि श्रद्धा अर्पण गर्नुपर्छ भन्दै युवा वर्ग लगायत सम्पूर्ण मुलवासी मंगोलप्रेमिहरुलाइ एमएनओमा आवद्ध हुनुपर्छ र त्याग तपस्या र बलिदान गरि अस्तित्व प्राप्तिमा हातेमालो गर्नु पर्छ भनी प्रभावकारी प्रशिक्षण प्रदान गर्नु भएको थियो । यसैगरी प्रशिक्षणकै क्रममा भिमलाल तामाङको अध्यक्षतामा ११ सदस्यीय एमएनओ राइनास नगरपालिका वडा नं.९ वडा सभा गठन भएको छ । जसको सचीव लोक कुमार गुरुङ हुनुहुन्छ भने अन्य सदस्यहरुमा मोतिमाया श्रेष्ठ, मिनराज गुरुङ, ओम प्रसाद गुरुङ, कुमारी वि.क., रमि वि.क., कमला वि.क. कुमराज भुजेल, तिर्थमाया भुजेल, लालमाया भुजेल, मनलाल तामाङ चयन भएका छन् । त्यस्तै सल्लाहकारहरुमा कुल बहादुर गुरुङ र तुलसी गुरुङ रहनुभएको छ। उक्त कार्यक्रमको संचालन स्थानीय भिमलाल तामाङ्ले गर्नु भएको थियो भने स्वागत मन्तव्य ठाकुर प्रसाद गुरुङले राख्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्