Mongol Vision | 4 डिसेम्बर 2025
एमएनओ रोल्पा जिल्ला सभाका संयोजक हित बहादुर रोका मगर संगठन बाट साधारण सदस्य समेत नरहने गरि कारबाही परेका छन्।
रोल्पा/लुम्बिनी, #Breaking_News #प्रेस_विज्ञप्ती।
एमएनओ लुम्बिनी प्रान्तीय सभाको विज्ञप्ती।
एमएनओ रोल्पा जिल्ला सभाका संयोजक हित बहादुर रोका मगर कारबाही परेका छन्।
दिनांक 29th Nov 2025 (तदनुसार २०८२/८/११ गते) का दिन मंगोल नेशनल अर्गनाइजेशन रोल्पा जिल्ला सभाका संयोजक हित बहादुर रोका मगरले कास्की जिल्लाको पोखरामा आफुखुशी MNO को झण्डा दरुपयोग, निति सिद्धान्त र विधान विपरित गतिविधी गरेको तथा संगठन विरोधीहरु सँग केही समय अगाडि देखि नै सार्वजनिक रुपमा साठगाँठ गर्दै अभिव्याति दिएको दृष्य सामाजिक सञ्जालमा सार्वजनिक भएकाले विधानको धारा ८३ को उपधारा (१) को च.) अनुसार लुम्विनी प्रदेश सभाका अनुशासन विभागको संयोजक र सदस्यहरुको सिफारिसमा निज संयोजक आजको दिन बाट MNO को साधारण सदस्य नरहने गरी निलम्बन गरिएको छ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology