बुधबार 24 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एमएनओ रुपन्देही जिल्लाको तेस्रो जिल्ला अधिवेशन आगामी अप्रिल 25 मा हुने

Mongol Vision News | 10 फेब्रुअरी 2020

एमएनओ रुपन्देही जिल्लाको तेस्रो जिल्ला अधिवेशन आगामी अप्रिल 25 मा हुने

रुपन्देही/ मंगोल नेशनल अर्गनाइजेशन रुपन्देही जिल्ला सभाको ऐतिहासिक तेस्रो जिल्ला अधिवेशन आगामी अप्रील 25 तारिखका दिन हुने तय भएको छ ।

     एमएनओ रुपन्देहीको तेस्रो जिल्ला अधिवेशन मूल आयोजक सभाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै आगामी अप्रील 25 तारिखका दिन अधिवेशन हुने मिति सार्वजनिक गरेको छ । गत जनवरी 20 तारिखका दिन बसेको रुपन्देही जिल्लाको नियमित बैठकले उक्त निर्णय पारित गरेको थियो । त्यसैगरी सोही निर्णय पारित संगै एमएनओ रुपन्देही जिल्ला सभा विघटन गरि तेस्रो जिल्ला अधिवेशन मूल आयोजक सभा खडा गरेको थियो । संगठनको विधान अनुसार जिल्ला सभाको कार्यकाल २ वर्षको अवधी रहेकोले संगठनको विधान भित्र रहेर उक्त तेस्रो जिल्ला अधिवेशनको व्यापक तयारीमा जुटेको रुपन्देही तेस्रो जिल्ला अधिवेशन मूल आयोजक सभा संयोजक खड्ग मास्किले बताए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्