Bishwa Mongol Rai | 18 फेब्रुअरी 2025
एमएनओ रतुवामाई नगर सभाको ऐतिहासिक दोस्रो अधिवेशन मार्च १ तारिखमा हुने भएको छ।
मोरङ/१७ फेब्रुअरी २०२५ सोमबारका दिन मंगोल नेशनल अर्गनाइजेशन रतुवामाई नगर सभाको ऐतिहासिक दोस्रो नगर अधिवेशन मूल आयोजक सभाको आयोजनामा मुल आयोजक सभाका संयोजक पदम घिसिङ तामाङको सभाध्यक्षतामा एवं संगठनका जिल्ला सभा मोरङका सचिव अबिनाश राईको प्रमुख आथित्यतामा एमएनओ रतुवामाई नगर सभाको ऐतिहासिक दोस्रो नगर अधिवेशन मूल आयोजक सभाको मिटिङ सम्पन्न ।
कार्यक्रमका अतिथि एमएनओ जिल्ला सभा मोरङका कोषाध्यक्ष रविन्द्र श्रेष्ठ, जिल्ला सभा मोरङका प्रचारप्रसार सचीव मंगोल बिश्व राई, जिल्ला सभा मोरङका सदस्य टेक बहादुर मगर, जिल्ला सभा मोरङका सदस्य राम चन्द्र गुरुङ रहन्नु भएको थियोे ।
एमएनओ रतुवामाई नगर सभाको ऐतिहासिक दोस्रो नगर अधिवेशन मुल आयोजक सभाको उक्त मिटिङमा सर्वसम्मतले निर्णय गरि यहीँ ०१ तारिख मार्च २०२५ फाल्गुन १७ गते सनिवारका दिन एमएनओ रतुवामाई नगर सभाको ऐतिहासिक दोस्रो नगर अधिवेशन हुने निर्णय भएको छ ।
कार्यक्रममा एमएनओ रतुवामाई नगर सभाको ऐतिहासिक दोस्रो नगर अधिवेशन मूल आयोजक सभाका कोषाध्यक्ष भुवन लिम्बुले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम एमएनओ रतुवामाई नगर सभाको ऐतिहासिक दोस्रो नगर अधिवेशन मुल आयोजक सभाका सचिव ध्रुव राईले सञ्चालन गरेका थिए ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology