mongolvision | 15 फेब्रुअरी 2025
एमएनओ रतुवामाई नगर सभाको दोश्रो अधिवेशन मूलआयोजक सभा गठन
मंगोल बिश्व राई मोरङ/०९ फेब्रुअरी २०२५ आइतबारका दिन मंगोल नेशनल अर्गनाइजेशन रतुवामाई नगर सभाको आयोजनामा नगर सभाका अध्यक्ष पदम घिसिङ तामाङको सभाध्यक्षतामा एवं मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सर्बोच्च सभा सदस्य तथा अनुशासन बिभाग संयोजक सुरज फोम्बो लिम्बुको प्रमुख आथित्यतामा एमएनओ रतुवामाई ऐतिहासिक दोस्रो नगर अधिबेशन मुल आयोजक सभा गठन सम्पन्न ।
कार्यक्रमको विशिष्ट अतिथि केन्द्रीय सभा सदस्य सकुन्तला श्रेष्ठ रहन्नु भएको थियोे ।
अतिथिहरु एमएनओ जिल्ला सभा मोरङका कोषाध्यक्ष रविन्द्र श्रेष्ठ, जिल्ला सभा मोरङका प्रचारप्रसार सचीव तथा मंगोल भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाको रिपोर्टर मंगोल बिश्व राई, उर्लाबारी नगर सभा अध्यक्ष मोहन बहादुर राई, उर्लाबारी नगर सभा कोषाध्यक्ष धानुका चोङवाङ लिम्बु, उर्लाबारी नगर सभा सदस्य दुर्गा गुरुङ रहन्नु भएको थियोे ।
उक्त कार्यक्रमबाट पदम घिसिङ तामाङको अध्यक्षतामा २८ सदस्यीय रतुवामाई ऐतिहासिक दोस्रो नगर अधिवेशन मूल आयोजक सभा गठन गठित भएको छ । सचिव, कोषाध्यक्ष, सहसचिव, सदस्यहरू,क्रमश :- ध्रुव राई, भुवन लिम्बु, सुक माया राई, शर्मिला राई (लिम्बु) प्रेम बहादुर लिम्बु, हर्क लिम्बु, पदम तामाङ, योगेश लिम्बु, राम कुमार लिम्बु, सेतुमान राई, मन कुमारी विश्वकर्मा, मंगली हस्ता, गोकुल पाङमा, ध्रुव राई, सूर्य बहादुर राई, मन बहादुर थामी, अजय कुमार राई, श्याम टुड, प्रेम बहादुर मगर, गंगा देवी चोङबाङ लिम्बु, रमेश माझि, कविता वानेम लिम्बु, बसन्त गुरुङ, रेखा राई, कोपिला लिम्बु, शुक्र लिम्बु, श्याम लाल बेस्रा रहनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि लिम्बुले नवगठित पदाधिकारीहरुलाई एमएनओ रतुवामाई ऐतिहासिक दोस्रो नगर अधिबेशन सफल पार्न मुल आयोजक सभामा जतिपनी रहन्नु हुने टिमले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नु पर्ने कुरालाई बिशेष जोड दिदै अगाडि बढ्नु पर्ने बताउनु भएको थियोे ।
कार्यक्रमलाई जिल्ला सभा मोरङका सदस्य धन बहादुर मोक्तान तामाङले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम एमएनओ जिल्ला सभा मोरङका सचिव अबिनाश राईले सञ्चालन गरेका थिए।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology