बिहिबार 18 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एमएनओ ताप्लेजुङ जिल्ला सभा पुनर्गठन

Mongol Vision News | 13 जूलाई 2019

एमएनओ ताप्लेजुङ जिल्ला सभा पुनर्गठन

फुङलिङ/ मंगोल नेशनल अर्गनाइजेशन ताप्लेजुङ जिल्ला सभा पुनर्गठन भएको छ । 13 July का दिन ताप्लेजुङको फुङलिङ स्थित तमु सभा हलमा बिमल लिम्बूको सभाध्यक्षता र संगठनका केन्द्रीय प्रेसिडेण्ट बुद्धलाल मेचे ज्युको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । बुद्धिमान पन्धाकको अध्यक्षतामा १४ सदस्यीय ताप्लेजुङ जिल्ला सभा पुनर्गठन भएको छ । जसको सचिव सीता लिम्बू, कोषाध्यक्षमा बिमल काम्बाङ, सहचिवमा मन्जु मेन्याङबो र सदस्यहरुमा तारावीर लिम्बू, सुर्यप्रकाश गुरुङ, मान बहादुर गुरुङ, युना शेर्पा, देविमाया राई, पासाङ ल्हामु शेर्पा, चन्द्रमाया दर्जी, मोहन गुरुङ, ज्योती मेन्याङ्बो र दावा शेर्पा रहेका छन । ताप्लेजुङ फुङलिङ निवासी संगठनका केन्द्रीय सदस्य छविन्द्र गुरुङ ज्युको विशेष सक्रीयतामा सम्पन्न कार्यक्रममा जिल्ला विभिन्न ठाउँका मंगोलप्रेमी महानुभावहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा संगठनका केन्द्रीय सदस्य एवम् मंगोल भिजन राष्ट्रीय साप्ताहिक पत्रीकाका प्रबन्धक राज कुमार गुरुङ र केन्द्रीय सदस्य छविन्द्र गुरुङ विशिष्ट अतिथि रहनु भएको थियो । त्यस्तै मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाका अध्यक्ष लासिम हाङ मंगोल अतिथिको रुपमा रहेका थिए ।

एमएनओ ताप्लेजुङ जिल्ला सभा पुनर्गठन

यसैगरी कार्यक्रममा प्रमुख अतिथि प्रेसिडेण्ट बुद्धलाल मेचे ज्युले मन्तव्य राख्नु हुँदै नवनिर्वाचित जिल्ला सभाका पदाधिकारीहरुलाई शुभकामना व्यक्त गर्नुभयो । मन्तव्यकै क्रममा वहाँले संगठनको निमित्त पुर्ण सक्रीय कार्यकर्ता भएर मंगोल राष्ट्रवादलाई देशको कुना कन्दरा सम्म पुर्याउनु पर्ने कुरा बताउनु भयो । साथै मंगोल राष्ट्रवादलाई गहिरिएर अध्ययन गर्नको निमित्त युग पुरुष अमर डा.गोपाल गुरुङ ज्युले लेख्नु भएको ऐतिहासिक पुस्तकहरु तथा संगठनको हरेक कार्यक्रमहरुमा अनिवार्य रुपमा उपस्थिती हुनुपर्ने कुरामा जोडदिनु भयो । कार्यक्रमका विशिष्ट अतिथीद्धय राजकुमार गुरुङ र छविन्द्र गुरुङले पनि नवनिर्वाचित जिल्ला सभाका पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो । सीता लिम्बूको स्वागत मन्तव्य संगै शुरुवात भएको कार्यक्रम मेचिनगर सभाका अध्यक्ष सागर दर्जिले सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्