आइतबार 5 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एमएनओ तनहुँ जिल्ला सभाको ऐतिहासिक दोश्रो जिल्ला अधिवेशन वैशाखमा हुने

Anita Thapa Magar | 23 जनवरी 2020

एमएनओ तनहुँ जिल्ला सभाको ऐतिहासिक दोश्रो जिल्ला अधिवेशन वैशाखमा हुने

तनहुँ / 23 January 2020 दिन मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँको कार्यलय, व्यास नगरपालिका- २ दमौलिमा तनहुँका अध्यक्ष प्रेम थापा मगर ज्युको सभाध्यक्षता र संगठनका केन्द्रीय सदस्य प्रविना थापा मगर ज्युको प्रमुख आतिथ्यतामा विविध महत्वपुर्ण प्रस्तावहरुमा चर्चा तथा छलफल गरि अत्यन्तै आवश्यक प्रस्तावहरुलाइ बहुमत द्वारा पारित गरेको छ ।

      बैठकमा विशिष्ट अतिथिहरु एमएनओ गण्डकी प्रदेश सभाका सहसचीव अनिता थापा मगर र सदस्य भक्त बहादुर गुरुङ हुनुहुन्थ्यो । बैठकमा संगठनको विधान अनुसार जिल्ला सभाको अधिवेशन २/२ वर्षमा गरिनु पर्ने विषयलाइ मध्य नजर गर्दै तनहुँ जिल्लाको दोस्रो ऐतिहासीक जिल्ला अधिवेशन सम्बन्धमा राखिएको प्रमुख प्रस्ताव माथि वृहत रुपमा छलफल गरि आगामी २०७७ बैशाख २१ गते तदनुसार 3 May 2020 मा अधिवेसन गर्ने भनी सर्व सहमतिमा मिति तय भएको थियो । साथै उक्त अधिवेशनको १५ सदस्यीय मुलअयोजक सभा गठन गरिएको छ ।

      जसमा संयोजकमा तनहुँ जिल्ला सभाका पुर्व अध्यक्ष प्रेम थापा मगर हुनुहुन्छ भने सचिव, कोषाध्यक्षमा क्रमशःपुर्व सचिव शुस्मा आले मगर र पुर्व का.वा. कोषाध्यक्ष ज्ञानि माया थापा मगर हुनुहुन्छ । साथै प्रचारप्रसार संयोजकमा पुर्व जिल्ला सदस्य शम्भु राना मगर छन् । बैठकका प्रमुख अतिथि र विशिष्ट अतिथि ज्युहरुले मंगोल नेशन अर्गनाइजेसन दोश्रो ऐतिहासिक तनहुँ जिल्ला अधिवेशन मुल आयोजकसभाका सम्पुर्ण पदाधिकारीहरु उक्त अधिवेशन सभ्य र भव्यरुपमा सफल पार्नको लागि अग्रिम शुभकामना दिनुभएको थियो । पुर्व जिल्ला सचीव शुस्मा आले मगरज्युले बैठक सन्चालन गर्नुभएको थियो भने स्वागत मन्तव्य सदस्य शम्भु राना मगरज्युले राख्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्