शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एमएनओ दाङको आयोजनामा एकदिने खुल्ला प्रशिक्षण सम्पन्न

Mongol Vision News | 8 फेब्रुअरी 2020

एमएनओ दाङको आयोजनामा एकदिने खुल्ला प्रशिक्षण सम्पन्न

दाङ-घोराही/ दाङ जिल्लाको घोराही नगरपालिका वडा नं. १६ लेटार गाउँमा मानव अस्तित्व र मंगोल राष्ट्रवाद सम्बन्धि एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

      Feb 8, 2020, Saturday मा भएको कार्यक्रमको सभाध्यक्षता वडा नं. १६ का पूर्व उम्मेदवार पहलमान अाले मगरले गर्नुभएको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथि साथै प्रमुख प्रशिक्षक एमएनओ प्रदेश नं. ५ का सदस्य घनश्याम चौधरी रहनुभएको थियो भने विशिष्ट अतिथिमा एमएनओ प्रदेश नं. ५ का सल्लाहकार वेद वहादुर थापा मगर रहनुभएको थियो । त्यस्तै अतिथि साथै प्रशिक्षक एमएनओ जिल्ला सभा दाङका अध्यक्ष अमर बुढा मगर रहनुभएको थियो । अन्य अतिथिहरुमा एमएनओ दाङ जिल्ला सभाका सदस्य मन बहादुर पुन मगर, विश्व ज्योति थापा मगर र जितेन पुन मगरको उपस्थिति रहेको थियो।

एमएनओ दाङको आयोजनामा एकदिने खुल्ला प्रशिक्षण सम्पन्न

कार्यक्रममा वडा नं. १६ लेटार गाउँका स्थानीय मंगोल मूलवासीहरुको उपस्थिति रहेको थियो। उहाँहरूबीच प्रमुख अतिथि घनश्याम चौधरी र अतिथि अमर बुढा मगरले मानव अस्तित्व र मंगोल इतिहासबारे प्रशिक्षण प्रदान गर्नुभएको थियो। सो कार्यक्रम दाङ जिल्ला सभाका सचिव पृतम चौधरीद्वारा सञ्चालन भएको थियो । कार्यक्रममा उपस्थित मंगोल स्थानीय थारू समुदायका भएको हुनाले सहज र सरलताका लागि थारू भाषामै कार्यक्रम सञ्चालन गरिएको थियो। मंगोलहरु भावी सन्ततिको लागि मंगोल मूलवासी जगाउन खटेको कुरा बताउदै कार्यक्रमका सभाध्यक्ष पहलमान आले मगरद्वारा कार्यक्रम समापन गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्