शनिबार 21 फेब्रुअरी 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एमएनओ द्वारा इलामका बाढी पहिरो पीडित परिवार लाई ३ लाख ३९ हजार नगद आर्थिक सहयोग प्रदान  ।

Mongol Vision | 22 अक्टोबर 2025

एमएनओ द्वारा इलामका बाढी पहिरो पीडित परिवार लाई ३ लाख ३९ हजार नगद आर्थिक सहयोग प्रदान  ।

एमएनओ द्वारा इलामका बाढी पहिरो पीडित परिवार लाई ३ लाख ३९ हजार नगद आर्थिक सहयोग प्रदान 

इलाम / मंगोल नेशनल अर्गनाइजेसनले इलामका बाढी पहिरो बाट पीडित बनेका परिवारहरु लाई हाल सम्म नगद ३ लाख ३९ हजार ४१० नगद आर्थिक सहयोग प्रदान गरेको छ । 

बाढि पहिरो राहत संकलन सभाका कोषाध्यक्ष सागर राइले दिनु भएको जानकारी अनुसार गत असोज १८ गते अविरल बर्षा सगै आएको बाढी र पहिरोले इलामको विभिन्न स्थानीय तहहरुमा ठूलो जनधनको क्षति पुराए पछि पीडित परिवारहरु लाई संगठनले सहयोग गरेको हो ।विशेष गरि इलामको देउमाइ नगर पालिका , माङ्सेबुङ गाउँ पालिका , इलाम नगर पालिका र सन्दकपुर गाउँ पालिका का बाढी पहिरो पीडितहरु लाई एम एनओले सहयोग गरेको छ । संगठन श्रदेय प्रेसिडेन्ट बुद्ध लाल मेचेको उपस्थितमा सन्दकपुर १ र २ वाडका ४ घर बाढी पहिरो परिवार लाई नगद आर्थिक सहयोग प्रदान गरेको राहत सकलन सभाका संयोजक लासिमहाङ लिम्बुले बताउनु भयो । उहाका अनुसार -सन्दकपुर-२ माईमझुवा, टोड्के निवासी शोभा राई र ज्ञान बहादुर बुत्ताङ राई लाई जनही नगद ५ हजार प्रदान गरिएको छ । त्यस्तै सन्दकपुर-२ माईमझुवा, टोड्के निवासी जैश्वरी राई लाई सन्दकपुर-१० हजार , छाँगे निवासी हिमा थुलुङ राई र सन्तोस राई लाई जनही ५ हजार प्रदान गरिएको छ । उहाहरु सबै लाई श्रदेय प्रेसिडेन्ट बुद्ध लाल मेचेले प्रदान गर्नु भएको थियो । 

एमएनओ द्वारा इलामका बाढी पहिरो पीडित परिवार लाई ३ लाख ३९ हजार नगद आर्थिक सहयोग प्रदान  ।

त्यस्तै संगठनका केन्द्रीय सचिब मणि पापो लिम्बु , केन्द्रीय सह सचिब सान बा मेचे , प्रचार प्रसार सचिब श्याम लिम्बू , केन्द्रिय सदस्य शान्ता लिम्बू , बाढी पहिरोमा राहत संकलन सभा कोषाध्यक्ष सागर राई , सचिब विशाल लिम्बू कोशी प्रान्तीय सभा सदस्य बानिरा मेचे लगायतको उपस्थितमा राहत संकलन सभाले देउमाइ नगर पलिका , माङ्सेबुङ गाउँ पालिका र इलाम नगर पालिका का बाढी पीडित ३० घर परिवारलाई नगद आर्थिक सहयोग प्रदान गरिएको छ । गजुरमुखी माङ्सेबुङ १ का पन्चराज नेङबाङ ,सुर्य तामाङ , थाम्बराज नेम्बाङ , नवीन तामाङ , खगेन्द्र तामाङ ,जै प्रसाद राई , पुर्ण नेङ्बाङ ,सन्त राई ,धन कुमार नेङ्बाङ , सुबास नेङ्बाङ , प्रदिप सिह नेङ्बाङ , खड्क बा लिम्बू ,मदन योङ्हाङ ,लगायत लाई जनही १० हजार प्रदान गरिएको छ भने देउमाइ नगर ५ का मन बा लिम्बु लाई ७ हजार ,सुक बा लिम्बू लाई ५ हजार , युवराज फियाक लाई २ हजार प्रदान गरिएको छ । 

 

त्यस्तै फाक्फुकथुम १ एकतपाका होम लिम्बू लाई १०हजार , धुसेनिका फिपराज लिम्बू लाई २हजार , जित बा चेम्जोङ लाई ७ हजार , जितपुरका भुपेन्द्र राई , इन्द्र राना मगर ,उर्मिला राइब, दिपक राई लाई जनही ८ हजार प्रदान गरिएको छ । त्यस्तै दे न पा ३ का दिलिप तामाङ लाई ५५ सय , मन बा तामाङ लाई ५ हजार प्रदान गरिएको छ भने इलाम नगर पालिका ६ का प्रकाश तामाङ लाइ १० हजार , बिर्ख बा तामाङ , धन बा देउसाली ,प्रेमिका तामाङ लाई जनही ५ हजार प्रदान गरिएको राहत संकलन सभाका कोषाध्यक्ष सागर राइ ले बताउनु भयो ।उहाका अनुसार सभाले संकलन गरेको रकम क्रमश अन्न ठाउँ हरुको पीडितहरु लाई प्रदान गर्दै जाने बताउनु भयो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्