बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एमएनओले देशब्यापी २५औं मुलबासी दिवस मनाउँदै

Mongol Vision News | 8 अगस्ट 2019

एमएनओले देशब्यापी २५औं मुलबासी दिवस मनाउँदै

काठमाडौ / मंगोल नेसनल अर्गनाइजेशनले २५औं बिश्व मुलबसी दिवसको अवसर पारेर देशभरी नै विभिन्न कार्यक्रम गर्दै मुलबासी दिवस मनाउदै छ । शुक्रबार भोलि अगष्ट ९ का दिन २५औं बिश्व मुलबासी दिवसको उपलक्ष्यमा एमएनओले देशब्यापी विभिन्न कार्यक्रम गर्दैछ । काठमाडौको गोङगबु स्थित तमु छोंझ धिको सभाहलमा केन्द्रीय सभाको आयोजनामा संगठनका केन्द्रीय प्रेसिडेन्ट बुद्ध लाल मेचेको प्रमुख आतिथ्यतामा एक कार्यक्रम हुदैछ । मुलबासी दिवसकै अवसर पारेर झापा जिल्ला सभाले झापाको काकरभिट्टाबाट दमकसम्म मोटर साइकल र्याली गर्दैछ भने मोरङको पथरीमा पथरी शनिश्चरे नगर सभाले आफनो प्रथम नगर अधिबेशन सगै बिश्व मुलबासी कार्यक्रम मनाउँदैछ । त्यस्तै इलाम जिल्ला सभाले सदरमुकाम इलाम बजारमा २५औं बिश्व मुलबसी दिवस मनाउने भएको छ । प्रान्थर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर, सुनसरी, सप्तरी लगायतका जिल्ला सभाहरुले पनि मुलबासी दिवस मनाउँदैछ । त्यसै गरि २५औं विश्व मुलबसी दिवसको अवसर पारेर नुवाकोट, धादिङ, चितवन, कास्की, स्याङ्जा, तनहुँ, म्याग्दि बाग्लुङ, गोर्खा, लम्जुङ जिल्ला सभाहरुले विभिन्न कार्यक्रम गर्दैछ । बिश्व मुलबासी दिवसको अवसरमा पाल्पा जिल्ला सभाले सदरमुकाम तानसेन बजारमा खुल्ला कार्यक्रम गर्दैछ । कार्यक्रममा केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ भने रुपन्देही जिल्ला सभा र नवलपुर जिल्ला सभाले पनि खुल्ला कार्यक्रम गर्दैछ । त्यस्तै दाङ , रोल्पा, कैलाली, अर्घाखाँचीमा पनि एमएनओले २५औं विश्व मुलबासी दिवस भब्य रुपमा मनाउँदैछ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्