mongol vision | 12 अप्रिल 2021
भोजपुर/ मुलुकमा असली परिवर्तन मंगोल नेशनल अर्गनाइजेशनका फाउन्डर युग पुरुष अमर डा.गोपाल गुरुङको मंगोल दर्शनले मात्र सम्भव रहेको एम एनओ केन्द्रीय सभा सदस्य एवं केन्द्रीय अनुशासन सभाका संयोजक गणेश चाम्लिङले दाबी गर्नु भएको छ ।
शनिबार भोजपुरको सदरमुकाम भोजपुर बजार एतिहासिक तेस्रो भोजपुर जिल्ला अधिबेशन कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक चाम्लिङले यस्तो दाबी गर्नु भएको हो । "अब देशलाई साच्चिकै समृद्धि र उन्नति बनाउने हो भने एम एनओका फाउडर डा.गोपाल गुरुङको मंगोल दर्शनलाई आत्मसात गर्नै पर्छ ।" अहिलेसम्म मुलुक समृद्धि हुन नसक्नु र जनताहरु गरिबीको रेखा मुनि बाँच्न बाध्य हुनु सहि दर्शन र नेतृत्व नभएकोले हो । बाहुन छेत्रीहरु दुई तिहाइ बहुमत ल्याउँदा पनि शासन चलाउन नसक्नु यसको उदाहरण हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका चाम्लिङले मंगोलवाद दर्शनलाई कसैले रोक्न र छेक्न नसक्ने भन्दै एम एनओ शक्तिमा पुग्ने बताउनु भयो । त्यस्तै उहाँले मंगोल जनसमुदायहरु एम एनओमा आवद्ध भइ मंगोलको चुनाव चिन्ह कुखुराको भालेमा मतदान गर्न आह्वान गर्नु भयो । तेस्रो ऎतिहसिक जिल्ला अधिबेशन कार्यक्रमलाई सम्बोधन गर्दै अर्का बक्ता कार्यक्रमका विशेष अतिथि संगठनका केन्द्रीय सदस्य जोनि बिकले हिन्दु धर्मले कथित दलित बनाइएका समुदायहरुले बास्तबिक कुरा बुझ्न पर्ने समय आइसकेकोले अब दलितलाई सुर्कार्ने मालिक हुने आफ्नो हातमा रहेको बताउनु भयो ।
अधिबेशन कार्यक्रमलाई केन्द्रीय सदस्यहरु कासिमा तामाङ, धनमाया तामाङ, प्रदेश नम्बर १ का अध्यक्ष भास्कर चाम्लिङ, मोरङ जिल्ला सभा अध्यक्ष बिकेन बान्तवा लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा केन्द्रिय सदस्यहरु चन्द्र बान्तवा, प्रेम श्रेष्ठ, प्रदेश नम्बर १ सदस्य दिनेश चाम्लिङ मोरङ जिल्ला सभा सदस्य डम्मर तामाङ लगायतको पनि उपस्थित रहेको थियो । भोजपुरको सदरमुकाम भोजपुर बजार स्थित किरात भवनमा तेस्रो जिल्ला अधिबेशन मुल आयोजक सभाका अध्यक्ष अनिल राइको अध्यक्षतामा भएको सभामा षडानन्द गाउँ सभाका पुर्ब अध्यक्ष अनुप राइले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम प्रदेश नम्बर १ का सचिब सागर राइले सञ्चालन गर्नु भएको थियो । मंगोल नेशनल अर्गनाइजेशन तेस्रो भोजपुर जिल्ला अधिबेशनको बन्द सत्रले बिरेन्द्र राइको अध्यक्षता २४ सदस्य भोजपुर जिल्ला सभा सर्बसहमतीले चयन भएको छ । जसको सचिब, कोषाध्यक्ष, सह-सचिब र प्रचार प्रसार सचिबमा क्रमश पारुहाङ राई, मिलन सुनुवार, रमला राई र जगत गुरुङ रहनुभएको छ। त्यस्तै सदस्यहरुमा - राज कुमार राई, एलिया राई, संग्राम सिं राई, जित कुमार राई, निर्मला राई, मीन कुमार गुरुङ, शालिकराम राइ, कविता राई, अनुप राई, चरण राई, पदम बहादुर राई, हेमराज राई, गणेश गुरुङ, आदर्श कुलुङ राई, शशिकला गुरुङ, नीरज राई र काजी बहादुर तामाङ रहनु भएको छ भने नर बहादुर राई र प्रदीप राईलाई जिल्ला सल्लाहकारमा चयन गरिएको छ । नव निर्बाचित जिल्ला पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य तथा केन्द्रिय अनुशासन सभा संयोजक गणेश चाम्लिङले पद तथा गोपनियताको सपथ ग्रहण गाराउनु भएको थियो ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology