सोमबार 29 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

फेब्रुअरीमा चौथो धादिङ जिल्ला अधिबेशन हुने

mongolvision | 10 जनवरी 2022

फेब्रुअरीमा चौथो धादिङ जिल्ला अधिबेशन हुने


धादिङ  / मंगाेल नेसनल अर्गनाइजेसन जिल्ला सभा धादिङको चौथो जिल्ला अधिवेशन 26 फेब्रुअरी २०२२ ( १४ फागुन  २०७८ ) मा हुने भएको छ।
   पौष  २५ गते आइतबार  बसेको जिल्ला सभाको बैठकले बर्तमान जिल्ला सभा विघटन गरि  अधिवेशन मुलआयोजक  सभा  गठन गरेको  छ । संगठनको  बिधान अनुरुप जिल्ला सभा  गठन भएको २ बर्ष  अवधी  पुगेपछि अधिवेशन  गर्नुपर्ने भएकोले  नियम  बमोजिम  उक्त  सभा  गठन  भएको  हो । बैठक धादिङ  जिल्ला  सभाका  पुर्व अध्यक्ष धर्मराज सेन्देनको  सभाध्यक्षता  तथा संगठनका  केन्द्रीय सर्बोच्च सभा  सदस्य  रिन्छेन तामाङको प्रमुख  आतिथ्यता  रहेको  थियो  भने बिशेष  अतिथि केन्द्रीय  सदस्य  धनमाया तामाङ, अतिथि बाग्मती प्रदेश सभाका कोषाध्यक्ष सालिक मगर , बाग्मती प्रान्तीयका सदस्य सन्तोष तामाङको  अतिथिको  रुपमा  उपस्थिति रहनु भएको   थियो । बैठकले धर्मराज सेन्देनको सम्योजकत्वमा २२ सदस्य मुल आयोजक  सभा गठन  भएको  छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्