शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

फासिस्टवाद शैली अपनाउने हिन्दु आर्य सत्ताच्यूत -नेता तामाङ

mongol vision news | 16 जनवरी 2020

फासिस्टवाद शैली अपनाउने हिन्दु आर्य सत्ताच्यूत -नेता  तामाङ

बाग्मती प्रदेश,धादिङ 16 जनवरी / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा धादिङको आयोजनामा एकदिने मुलबासी मंगोल खुल्ला प्रशिक्षण कार्यक्रम दार्खा खनियाबास गाउपालिका -4, धादिङ स्थित राउते फुटबल मैदान मा सम्पन्न भएको छ । मंगोल शुभचिन्तक स्थानियबासी धर्मराज सेन्देनको सभाध्यक्षमा सम्पन्न प्रशिक्षण कार्यक्रममा संगठनका केन्द्रिय सर्वोच्च सभाका सदस्य रिन्चेन दोर्जे तामाङको प्रमुख आतित्यथा रहेको थियो । प्रमुख अतिथी तामाङले उत्तरी धादिङको विभिन्न भुभागमा मंगोल दर्शनको प्रवेश सङै बाहुनवादको जरो कमजोर भैसकेको बताउनु भयो । नेपालको राजनीतिमा कुटनैतिक ढंगबाट एम.एन.ओ. ले उल्लेखनीय परिवर्तन गर्दै संसार मै लोकतन्त्रको असली अभ्यास गर्दै यसको मर्यादालाई उचो पार्दै फासिस्टवाद शैलिमा शासन गरिरहेको 20 प्रतिशत अल्पसंख्यक शरणार्थी हिन्दु आर्यन बाहुनक्षेत्रीको हिन्दुवाद वर्ण ब्यबस्थालाइ सत्ताच्यूत बनाउने उद्घोस गर्नु भएको थियो । कार्यक्रम मा संगठनका केन्द्रिय सदस्य तथा आर्थीक सभाका सदस्य धनमाया तामाङ, धादिङ जिल्ला सभाका अध्यक्ष सन्तोष कुमार तामाङ, धुनिबेशि नगर सभाका अध्यक्ष सुनिल तामाङ, गजुरी गाउपालिका सभाका अध्यक्ष बुद्दिमान तामाङ लगायतको उपस्तिथि रहेको थियो । स्थानीय मनोज गुरुङको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम एम.एन.ओ. बाग्मती प्रदेश सभाका प्रचार प्रसार सचिव सालिक थापा मगरले सन्चालन गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्