शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

फिदिम नगर पालिकामा वडा सभा कार्यलय उदघाटन सम्पन्न

Mongol Vision News | 14 मार्च 2020

फिदिम नगर पालिकामा वडा सभा कार्यलय उदघाटन सम्पन्न

पाँचथर/ पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ७ स्थित रानिटारमा मंगोल नेशनल अर्गनाइजेशन फिदिम नगरपालिका वडा नम्बर ७ वडा सभाको कार्यलय उदघाटन कार्यक्रम सम्पन्न भएको छ ।

    14 मार्च शनिबारका दिन एमएनओ फिदिम नगरपालिका वडा नम्बर ७ का अध्यक्ष जलकुमार गुरुङको सभाध्यता र संगठनका केन्द्रीय सदस्य एवम् अनुशासन विभाग संयोजक गणेश चम्लिङको प्रमुख आतिथ्यतामा उक्त कार्यलय उदघाटन भएको हो । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा केन्द्रीय सांस्कृतिक सभा संयोजक सुर्य गुरुङ र केन्द्रीय सदस्य देव माक्रेहाङ रहनु भएको थियो । एमएनओ पाँचथर जिल्ला सभा सदस्य राज मंगोलको स्वागत मन्तव्य संगै औपचारिक रुपमा सन्चालन भएको कार्यक्रममा प्रमुख अतिथी चाम्लिङले रिबन काटेर वडा सभा कार्यलय उदघाटन गर्नुभएको थियो ।

फिदिम नगर पालिकामा वडा सभा कार्यलय उदघाटन सम्पन्न

कार्यक्रममा केन्द्रीय सदस्य दिनेश गुरुङ, एमएनओ प्रदेश नम्बर एकका अध्यक्ष भास्कर चाम्लिङ, एमएनओ झापा जिल्ला अध्यक्ष एवम् मंगोल भिजन राष्ट्रीय साप्ताहिकका प्रमुख समाचारदाता लासिम हाङ मंगोल र पाँचथर जिल्ला सल्लाहकार राम तुम्रोक लगायतको आतिथ्यता रहेको थियो । रानिटारका स्थानीय मूलवासी मंगोल लोक समुदायको उल्लेखनिय उपस्थिति रहेको कार्यक्रममा अतिथिहरु राम तुम्रोक, लासिम हाङ मंगोल, भास्कर चाम्लिङ, देव माक्रेहाङ, सुर्य गुरुङ र गणेश चाम्लिङले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्