शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

गैंडाकोटमा टोल सभा गठन

Lassim Hang Mongol | 10 डिसेम्बर 2018

गैंडाकोटमा टोल सभा गठन

नवलपुर/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा नवलपुरको आयोजनमा गैंडाकोट नगरपालिका वडा नं. १८ हुजिल टोल सभा गठन भएको छ ।
जय बहादुर सारू मगरको सभाध्यक्षतामा ११ सदस्यीय टोल सभा गठन भएको हो । जसमा अध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः यम बहादुर सारू, हर्क बहादुर चुनी मगर र मिन बहादुर सुनरी रहेका छन् । सदस्यहरूमा दोम बहादुर थाडा, विष्णुलाल खाम्चा, पन्चुमाया चुनी मगर, निरमाया सुरपाक, प्रेम बहादुर चुनी मगर, नर बहादुर सुरपाक, सुर्जामाया वाजे मगर र झविन सुरपाक छन् । कार्यक्रममा संगठनका केन्द्रीय प्रेसिडेण्ट बुद्धलाल मेचे ज्यू प्रमुख आतिथि रहनु भएको थियो । विशिष्ट अतिथिमा केन्द्रीय आयुष विक, केन्द्रीय सदस्य कुमार गुरुङ र केन्द्रीय सदस्य रुममाया चितौरे रहनु भएको थियो भने अतिथिमा गण्डकि प्रदेश सभाका सचिव महेन्द्र दर्लामी रहनु भएको थियो ।

गैंडाकोटमा टोल सभा गठन

वर्षौं देखिको विदेशी हिन्दू आर्यको दासताको जन्जिरबाट मुक्त हुन सम्पुर्ण ८० प्रतिशत अहिन्दू मूलवासी मंगोलहरूलाई संगठित भएर संगठनलाई बलियो बनाएर अगाडी बढाउदै लजानु पर्ने कुरामा कार्यक्रमका प्रमुख अतिथी प्रेसिडेण्ट बुद्धलाल मेचे ज्यूले जोड दिनु भयो । कार्यक्रममा विशिष्ट अतिथी आयुष वि.क, केन्द्रीय सदस्य कुमार गुरुङ र गन्डकी प्रदेश सभाका सचिव महेन्द्र दर्लामी लगायतले पनि आ-आफ्नो धारण व्यक्त राख्नु भएको थियो । कार्यक्रम नवलपुर जिल्ला सभा सचिव धनसिंह सुनारीले सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्