शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

गौडामा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

Mahendra Thapa | 28 फेब्रुअरी 2020

गौडामा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

लमजुङ/ एमएनओ जिल्ला सभा लमजुङको आयोजनामा दुधपोखरी गाउँपालिका वडा नम्बर ६ गौंडामा स्थानीय राजा गुरुङको सभाध्यक्षतामा एकदिने मूलवासी मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

    मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा लमजुङका अध्यक्ष विकास गुरुङ ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न एकदिने मुलवासी मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रममा गौंडाका स्थानीय मंगोलप्रेमी मूलवासी मंगोल लोक समुदायहरुको उल्लेखनिय उपस्तिथि रहेको थियो । कार्यक्रममा विशिष्ट अतिथिमा राइनास नगर सभाका अध्यक्ष राम बहादुर गुरुङ हुनुहुन्थ्यो । प्रमुख अतिथि गुरुङले शताब्दीऔं देखि दबाएर राखेको सच्चा इतिहासहरुलाइ उजागर गर्नुहुँदै मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण प्रदान गर्नु भएको थियो । त्यसैगरी हिन्दु आर्यन ब्राह्मण क्षेत्रीहरुको मूलवासी मंगोल माथिको षड्यन्त्रलाई प्रष्ट पार्नु हुँदै मानव अस्तित्व लगायत युग पुरुष अमर डा. गोपाल गुरुङज्युले प्रतिपादन गर्नु भएको मंगोल राष्ट्रवादबारे प्रष्ट पार्नुभयो । प्रशिक्षणकै क्रममा उहाँले भन्नू भयो " सम्पुर्ण मूलवासी मंगोलहरु आफ्नो हकअधिकार र अस्तित्वको लागि एकताको शुत्रमा बाधिनु पर्छ, जुन शुत्र एमएनओ मात्र हो अर्को विकल्प छैन । " कार्यक्रममा उमा राज गुरुङले स्वागत मन्तव्य राख्नु भएको थियो भने संचालन टकराज गुरुङले गर्नु भएको थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्