बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

गोले गाउँमा एमएनओको खुल्ला प्रशिक्षण साथै टोल सभा गठन

Baneera Meche Mongol | 20 जनवरी 2019

गोले गाउँमा एमएनओको खुल्ला प्रशिक्षण साथै टोल सभा गठन

झापा /मेचीनगर नगरसभाको सक्रियतामा मेचीनगर- २ स्थित गोले गाउँमा एमएनओको मंगोल विषयक एकदिने खुल्ला प्रशिक्षण साथै टोल सभा गठन भएको छ। माघ ५ गते शनिवार मंगोल नेशनल अर्गनाइजेसन मेचीनगर नगर सभाका अध्यक्ष सागर दर्जीको सभाध्यक्षता र एमएनओ केन्द्रीय सचिव सन्तोष तामाङ ज्युको प्रमुख अातिथ्यता एवम् संगठन का केन्द्रीय सदस्य एवम् केन्द्रीय अार्थिक विभाग सदस्य सान बहादुर मेचेको विशिष्ट अातिथ्यतामा सम्पन्न एकदिने मुलवासी मंगोल विषयक खुल्ला प्रशिक्षण कार्यक्रममा संगठनका केन्द्रीय सदस्य श्याम लिम्बू र एमएनओ प्रदेश नं. १ सदस्य देवनारायण धिमालको अातिथ्यता रहेको थियो। कार्यक्रमलाई प्रमुख अतिथि सन्तोष तामाङ र विशिष्ट अतिथि सान बहादुर मेचेले संयुक्त रुपमा एमएनओ र मुलवासी मंगोलको विषयमा प्रशिक्षण प्रदान गर्नु भएको थियो। उक्त कार्यक्रम कै अवसरमा स्थानीय सन्तोष तोलाङ्गेको अध्यक्षतामा १६ सदस्यीय तदर्थ गोले गाउँ टोलसभा गठन गरिएको छ। जसको सचिवमा विमल राई र कोषाध्यक्षमा तिर्था तामाङ रहेका छन् भने सदस्यहरुमा कुल बहादुर बम्जन, राम बहादुर तामाङ, धन बहादुर राई, काजी तामाङ, मन कुमार राई, साजन माझी, विपिन तामाङ, मोहन तामाङ, घिरा किसान, रत्न कुमार तामाङ, गोरे बहादुर तामाङ, कुमारी तामाङ, प्रेम कुमार तामाङ रहेका छन्। उक्त कार्यक्रमलाई केन्द्रीय सदस्य श्याम लिम्बू र प्रदेश नं.१ सदस्य देवनारायण धिमालले पनि संबोधन गर्नु भएको थियो। कार्यक्रममा केन्द्रीय सदस्य श्याम लिम्बूले नवगठित तदर्थ टोल सभाका पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो। स्थानीय मुलवासी मंगोलको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रमलाई नगर सदस्य खम बहादुर राईले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव सिनारा मेचेले सञ्चालन गरेकी थिइन्।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्