सोमबार 29 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

गुल्मीको चन्द्रकोट गाउमा एम एनओको प्रशिक्षण

mongol vision | 31 मार्च 2021

गुल्मीको चन्द्रकोट गाउमा एम एनओको प्रशिक्षण

गुल्मी / मंगोल नेशनल अर्गनाइजेशन चन्द्रकोट गाउँ सभाको आयोजनामा गुल्मीको चन्द्रकोट गाउँ पालिका वाड नम्बर ६ को दुई स्थानमा एक दिने भेटघाट एवं मंगोल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

संगठनका केन्द्रीय मुल सचिब थमन बहादुर बुढा मगरको उपस्थितिमा चैत १७ गते वाड नम्बर ६ को खदिकोट र क्वाङ्दिमा एकै दिन उक्त कार्यक्रम सम्पन्न भएको लुम्बिनी प्रदेश सभाका अध्यक्ष दिपक थापाले जानकारी दिनुभयो । गाउ सभा अध्यक्ष महेन्द्र दगामी मगरको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय मुल सचिब बुढा मगरले मंगोलवाद दर्शन बारेमा प्रष्ट पार्नु भएको थियो । त्यस्तै उहाँले एम एनओको आवसश्यकता किन भन्ने बारेमा पनि सहभागीहरुलाई बताउनुभयो भने लुम्बिनी प्रदेश सभा अध्यक्ष थापाले सांगठनिक बिषयमा बताउनु भएको थियो ।

गुल्मीको चन्द्रकोट गाउमा एम एनओको प्रशिक्षण

कार्यक्रममा प्रदेश सदस्य श्री प्रसाद पुनले पनि आफ्नो भनाइ राख्नुभएको थियो । कार्यक्रमको अवसर पारेर चन्द्रकोट गाउँ पालिका वाड नम्बर ६ मा ११ सदस्यिय वाड सभा समेत निर्माण गरिएको छ । त्यस्तै सोही वाडको क्वाङ्दीमा पनि भेटघाट एवं प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो। सो स्थानमा संगठनका मुल सचिब थमन बहादुर बुढा मगरले सहभागीहरुलाई संगठनको बारेमा बताउनु भयो । कार्यक्रममा स्थानिय जनसमुदायहरुको उल्लेखनीय सहभागी रहेको थियो । कार्यक्रमकै अवसर पारेर त्यहा १३ सदस्य टोल सभा गठन गरिएको प्रदेश अध्यक्ष दिपक थापाले बताउनु भयो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्