बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

गुल्मीको विभिन्न ठाउँमा मंगोलको प्रशिक्षण

mongol vision | 20 अप्रिल 2021

गुल्मीको विभिन्न ठाउँमा मंगोलको प्रशिक्षण

गुल्मी/ मंगोल नेशनल अर्गनाइजेशन गुल्मी जिल्ला सभाको सक्रियतामा सत्यवति गाउपालिको विभिन्न ठाउँहरुमा मंगोल प्रशिक्षण सम्पन्न भएको छ ।

गुल्मी जिल्ला सभाको सक्रियता र सत्यवती गाउ सभाको आयोजनामा बैशाख ३ गते सत्यवती गाउपालिकाको वाड नम्बर ४ शाहा घाटमा संगठनका केन्द्रीय मुल सचिब थम्मन बहादुर बुढा मगरको प्रमुख आतिथ्यतामा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण सम्पन्न भएको छ । कार्यक्रममा मुल सचिब बुढा मगरले मंगोल दर्शन र एम एनओको बारेमा सहभागीहरुलाई बिस्तृत रुपमा प्रष्ट पार्नु भएको थियो । त्यस्तै उहाँले अब मुलबासी मंगोलहरु किन एम एनओमा आवद्ध हुने भन्ने बारेमा पनि बताउनु भयो । कार्यक्रममा संगठनका केन्द्रिय सदस्यदय कल्पना थापा, केशु राश्कोटी मगर, लुम्बिनी प्रदेश सभा सदस्य दिपक थापा लगाययले पनि संगठनको बारेमा बताउनु भएको थियो ।

कार्यक्रम कै अवसर परेर शाहा घाट टोलमा ११ सदस्यीय टोल सभा गठन गरिएको छ । त्यस्तै बैशाख ४ गते सत्यवती गाउपालिका ४ कै एकसीङमा प्रशिक्षण साथै टोल सभा गठन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा केन्द्रीय मुल सचिब थमन बहादुर बुढा मगरले प्रशिक्षण प्रदान गर्नु भएको थियो । कार्यक्रम पश्चात १५ सदस्यीय टोल सभा गठन गरिएको छ । त्यसै गरि बैशाख ५ गते सत्यवती गाउपालिका वडा नम्बर ८ को दबुङ आधारभुत विद्यालयको प्रांगणमा समेत मंगोल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सत्यबति गाउँ सभाको आयोजना भएको कार्यक्रममा केन्द्रीय मुल सचिब बुढा मगरले नै सहभागीहरुलाई प्रशिक्षण प्रदान गर्नु भएको थियो । त्यस कार्यक्रममा केन्द्रीय सदस्यदय कल्पना थापा र केशु राश्कोटी , लुम्बिनी प्रदेश सभा अध्यक्ष दिपक थापाले समेत आ-आफनो भनाइ राख्नुहुँदै संगठनको बारेमा बोल्नु भयो । गाउँ सभा अध्यक्ष हरि रानाको अध्यक्षतामा भएको कार्यक्रममा गुल्मी जिल्ला सभा सल्लाहकार टेक बहादुर पुन, चन्द्रकोट गाउपालिका अध्यक्ष महेदत दर्लामी लगायत स्थानिय जनसमुदायहरुको उल्लेखनीय सहभागिता रहेको थियो । सो स्थानमा पनि कार्यक्रम पश्चात १९ सदस्यीय टोल सभा निर्माण गरिएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्