बिहिबार 30 जूलाई 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

महामानव डक्टर गोपाल गुरुङज्यूको ९१औं जन्मोत्सव देशैभरि सम्पन्न

Rajendra Tamang | 29 जूलाई 2026

महामानव डक्टर गोपाल गुरुङज्यूको ९१औं जन्मोत्सव देशैभरि सम्पन्न

२७ जुलाई २०२६ का दिन मंगोल नेशनल अर्गनाइजेसनका फाउन्डर प्रेसिडेन्ट डक्टर गोपाल गुरुङज्यूको ९१औ जन्मोत्सव देशैभरि भव्य रुपमा सम्पन्न भएको छ जन्मोत्सवको अवसरमा देशभरिका नेता कार्यकर्ताहरूले र शुभचिन्तकहरुले हर्ष उल्लासका साथ डक्टर गुरुङको जन्मोत्सव मनाउनु भएको हो महामानव डाक्टर गोपाल गुरुङज्यूको योगदान विचार र दर्शनलाई नयाँ पुस्तासम्म पुर्याउन सामाजिक तथा देशव्यापी रुपमा जागरण फैलाउने समानता स्वतन्त्रता र भातृत्वको बाटोलाई फराकिलो बनाउने लोकतन्त्र धर्मनिरपेक्ष र प्रान्तीय सरकारलाई संस्थात गरि  अगाडि बढ्नको लागि उहाँले दिनुभएको योगदानलाई सधैं जीवित राख्नका लागि उहाँको जन्मोत्सव मनाइएको हो। 
 
महामानव डक्टर गोपाल गुरुङज्यूको ९१औं जन्मोत्सव देशैभरि सम्पन्न भएको छ देशका विभिन्न भूभागहरूमा उहाँको जन्मोत्सव सहित ऐतिहासिक कार्यक्रम सम्पन्न भएको छ उहाँको जन्मोत्सव मनाउने क्रममा कोशी प्रान्तीय सभा अन्तर्गत झापामा मंगोल नेसनलका श्रेद्द्य  प्रेसिडेन्ट बुद्धलाल मेचेज्युको  प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ। जिल्ला सभा  मोरङमा मंगोल नेशनल अर्गनाइसनका प्रचार  सचिव श्याम लिम्बुज्यूको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ। जिल्ला सभा  सुनसरीमा  मूल सचिव सन्तोष तामाङ ज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको ।  जिल्ला सभा इलामको देउमाई नगर सभामा सचिव  मणिपापो लिम्बु ज्युको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ, सन्दकपुर गाउँसभाको आयोजनामा भएको कार्यक्रममा संगठनका कोषाध्यक्ष धनप्रकाश  खिमदुङ्गज्युको  प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको ।  पशुपति नगर सभाको आयोजनामा भएको कार्यक्रममा सर्वोच्च सभा सदस्य  अक्कल तामाङज्युको प्रमुख आतिथ्यतामा  कार्यक्रम सम्पन्न भएको । जिल्ला सभा भोजपुरमा केन्द्रीय सदस्य देवेन्द्र साम्पाङज्युको प्रमुख  आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको ।  जिल्ला सभा धनकुटामा केन्द्रीय सदस्य विकेन्द्र बान्तवा ज्यूको प्रमुख आतिथ्यतामा  कार्यक्रम सम्पन्न भएको छ।  जिल्ला सभा उदयपुरमा सहसचिव सानबहादुर मेचेज्युको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको । 

 मधेस प्रान्तीय सभा  अन्तर्गत   सर्लाही जिल्लामा केन्द्रीय सदस्य टेकबहादुर तामाङज्युको  प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ। धनुषा जिल्ला सभामा मधेस प्रान्तिया सभा अध्यक्ष कमल गुरुङज्यूको प्रमुख अतिथितामा कार्यक्रम सम्पन्न भएको छ। 

महामानव डक्टर गोपाल गुरुङज्यूको ९१औं जन्मोत्सव देशैभरि सम्पन्न

बागमती प्रान्तीय सभा अन्तर्गत जिल्ला सभा धादिङमा  रिन्छेन प्रवक्ता तामाङ ज्यूको प्रमुख आतिथ्यतामा  कार्यक्रम सम्पन्न भएको छ।   मकवानपुर जिल्लामा केन्द्रीय सदस्य सुष्मा तामाङज्यूको प्रमुख आतिथ्यतामा सुष्मा तामाङज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ।  चितवन जिल्ला सभामा बागमती प्रान्तिय सभाका सचिव फैन्द्रजंग गुरुङज्युको  प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको ।  काठमाडौँ जिल्ला सभामा केन्द्रिय सदस्य रतन बुढा मगरज्युको प्रमुख आतिथ्यतामा  कार्यक्रम सम्पन्न भएको छ।  जिल्ला सभा सिन्धुपाल्चोकमा सर्वोच्च सभा सदस्य चन्द्र बान्तवा राईज्यूको प्रमुख आतित्यतामा कार्यक्रम सम्पन्न भएको ।  ललितपुर जिल्ला सभामा  केन्द्रीय सदस्य मिरा गुरुङज्यूको प्रमुख अतिथितामा कार्यक्रम सम्पन्न भएको ।  जिल्ला सभा नुवाकोटमा केन्द्रीय सदस्य प्रदिक्षा  तामाङज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको ।  जिल्ला सभा रसुवामा बागमती प्रान्तिय सभा सदस्य पासाङ डोमो शेर्पाज्यूको प्रमुख आतित्यतामा कार्यक्रम सम्पन्न भएको

 गण्डकी प्रान्तिय सभा अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता  पूर्वमा ) गण्डकी प्रान्तिय  सभाका अध्यक्ष प्रेम थापा मगरज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको । लमजुङ जिल्ला सभामा केन्द्रीय सदस्य विकास गुरुङज्युको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ। तनहुँ जिल्ला सभामा सर्वोच्च सभा सदस्य प्रविना थापा मगरज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ। जिल्ला सभा गोरखामा केन्द्रिय सदस्य  देव थापा मगरज्युको  प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको ।  जिल्ला सभा कास्कीमा  गण्डकी प्रान्तीय सभा  सचिव मनकुमार थापाज्यूको प्रमुख अतिथितामा कार्यक्रम सम्पन्न भएको ।  जिल्ला सभा स्याङ्जामा गण्डकी प्रान्तिय सभाका सचिव नवीन घलेज्युको  प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ। 

 लुम्बिनी प्रान्तीय सभा अन्तर्गत जिल्ला सभा रूपन्देहीमा सर्वोच्च सभा सदस्य शिवजित गुरुङज्यूको प्रमुख अतिथितामा कार्यक्रम सम्पन्न भएको छ। जिल्ला सभा नवलपरासी (बर्दघाट सुस्ता पश्चिममा )केन्द्रीय सदस्य चन्द्रकुमारी गुरुङज्यूको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको ।  जिल्ला सभा दाङमा केन्द्रीय सदस्य घनश्याम चौधरीज्युको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ। जिल्ला सभा  पाल्पामा जिल्ला सभाका सम्पूर्ण नेता कार्यकर्ताको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको ।  ओखलढुंगा जिल्ला जिल्ला सभाको आयोजनामा जिल्ला सभा ओखलढुङ्गा र जिल्ला सभा सिन्धुली मातहतका फिकल गाउँसभाको को आयोजनामा जिल्ला सभा ओखलढुङ्गामा व्यापक नेता कार्यकर्ताको उपस्थितिमा  महामानव डाक्टर गोपाल गुरुङज्युको ९१ औं जन्मोत्सव  कार्यक्रम भएको छ। 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्