बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

गोपाल गुरुङज्युडा को ८४औं जन्मोत्सव रुपन्देही, कपिलवस्तु र नवलपरासीले संयुक्त रूपमा मनाए

Mongol Vision News | 28 जूलाई 2019

गोपाल गुरुङज्युडा को ८४औं जन्मोत्सव रुपन्देही, कपिलवस्तु र नवलपरासीले संयुक्त रूपमा मनाए

"रुपन्देही / मंगोल नेशनल अर्गनाइजेसनका फाउण्डर प्रेसिडेन्ट युगपुरुष अमर डा गोपाल गुरुङज्यु ८४औं जन्मोत्सव रुपन्देही जिल्ला सभा तथा छिमेकी जिल्ला सभाहरु कपिलवस्तु र नवलपरासीले संयुक्तरूपमा विभिन्न कार्यक्रमका साथ मनाएका छन् । मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा रुपन्देहीको अफिसमा तिनै जिल्लाका प्रतिनिधिहरु जम्मा भइ विभिन्न कार्यक्रमका साथ ८४औं जन्मोत्सव मनाएका थिए । संयुक्त रूपमा मनाउनु अघि तिनवटै जिल्ला सभा अन्तर्गतका विभिन्न वडा सभा ,गाउँसभा र नगरसभाहरुले पनि आ-आफ्नै तरिकाले औपचारिक रूपमा जन्मोत्सव मनाएका थिए । उक्त जन्मोत्सव कार्यक्रमकमा प्रमुख अथितीमा एमएनओ केन्द्रिय सर्वोच्च सभा सदस्य तथा अनुशासन सभा सदस्य कल्पना थापामगर (सुमानिङ्ग मंगोल ) बिशिस्ट अथितिमा केन्द्रीय सर्वोच्च सभा सदस्य तथा आर्थिक बिभाग सदस्य केशु रासकोटी रहनु भएको थियो ।

गोपाल गुरुङज्युडा को ८४औं जन्मोत्सव रुपन्देही, कपिलवस्तु र नवलपरासीले संयुक्त रूपमा मनाए

अन्य अतिथिहरुमा केन्द्रिय सदस्यहरु फम्फा संजाली मगर ,बुधमाया थापामगर ,भिम राना मगर र राज छ्न्त्यालको पनि उपस्थिति रहेको थियो । यस्तै प्रदेश सभाबाट जन प्रसाद मिठुन ,पुर्ण बहादुर आले मगर, बुद्धि सागर थारु , कर्ण बहादुर गुरुङ ,देवराज गुरुङ , सुमित्रा थापामगर , कपिलवस्तु जिल्ला सभाबाट ज्ञान बहादुर थापामगर नवलपरासीबाट खड्ग लिम्बु र बुटवल उपमहानगर नगरसभाबाट जीप पुन मगरको उपस्थिति रहेको थियो । मेख बहादुर गाहा मगरले स्वागत मन्त्यव्य राख्नु भएको उक्त जन्मोत्सव कार्यक्रम रुपन्देही जिल्ला सभा सचिव सन्तोष बि• क•ले संचालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्