Baneera Mongol Meche | 29 मार्च 2019
गोर्खा / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा गोर्खाको नियमित बैठकले पदाधिकारीहरु फेरबदल गरेको छ ।
29 march 2019 मा गोर्खा जिल्ला सभाको नियमित बैठक जिल्ला अध्यक्ष गंगा रानामगरको सभाध्यक्षतामा सम्पन्न भएको हो । उक्त नियमित बैठकले जिल्ला सचिव रण बहादुर रानामगर तीन पटक भन्दा बढी जिल्ला बैठकमा उपस्थित नभएको कारण संगठनको विधानलाई अात्मसात गर्दै सचिव रण बहादुर रानामगरलाई जिल्ला सचिवबाट हटाइएको छ । बैठक ले जिल्ला सभाका सहसचिव कृष्ण कुमारी घले श्रेष्ठलाई सचिव पदमा, प्रचारप्रसार सचिव मान बहादुर गुरुङलाई सहसचिव पदमा र जिल्ला सदस्य प्रेम बरामलाई प्रचारप्रसार सचिवमा पदोन्नति गरेको छ ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology