शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

गाेर्खाकाे अारूघाट गाउँपालिका गठन

Baneera Mongol Meche | 19 फेब्रुअरी 2019

गाेर्खाकाे अारूघाट गाउँपालिका गठन

गोर्खा/ मंगोल नेशनल अर्गनाइजेशन गोर्खा जिल्ला सभाको सक्रियतामा जिल्लाको आरूघाट गाउँसभा गठन भएको छ ।

गाेर्खाकाे अारूघाट गाउँपालिका गठन

 

   फेब्रुअरी 19 मंगलबारका दिन रण बहादुर गुरुङको अध्यक्षता र संगठनका केन्द्रीय सदस्य एवम् केन्द्रीय आर्थिक सभा सदस्य सोम बहादुर गुरुङको प्रमुख आतिथ्यताम एकदिने प्रशिक्षण कार्यक्रमको बीच एघार सदस्यीय आरू पोखरी गाउँसभा गठन भएको हो । जसमा अध्यक्ष, सचिव, कोषाध्यक्षमा क्रमशः रण बहादुर गुरुङ, शेर बहादुर गुरुङ, चिन्ता गुरुङ छन् भने सदस्यहरूमा कान्छि गुरुङ, कृष्ण माया गुरुङ, केशर बहादुर गुरुङ,डम्बर बहादुर गुरुङ, पुर्ण बहादुर गुरुङ बिष्णु बहादुर गुरुङ, लोक बहादुर गुरुङ र सन्तवीर गुरुङ रहेका छन् ।

 

    त्यस्तै कार्यक्रममा अतिथिहरू गोर्खा जिल्ला सभाका सदस्यहरू प्रसाद गुरुङ, राम बहादुर तामाङ, प्रेम बराल र बरपाल सुलिकोट गाउँसभा सचिव धनबहादुर गुरुङ रहेका थिए । आरूघाट गाउँसभाका अहिन्दू मूलवासी मंगोल लोकसमुदायहरूको बाक्लो उपस्थितिमा कार्यक्रमका प्रमुख अतिथी गुरुङले मानव अस्तित्व लगायत विदेशी हिन्दू आर्य बाहुन क्षेत्रीको शव्दको षड्यन्त्रबारे प्रष्ट पार्नु भयो । त्यसैगरी अहिन्दू मूलवासी मंगोलहरूलाई कहिले मतुवाली, कहिले आदिवासि जनजाती बनाई मंगोलहरूको अस्तित्व विहिन पशुतुल्य अवस्थामा पुर्याएकोले अब उप्रान्त यि शव्दजालमा नफस्न जानकारी गराउँनु हुँदै आदिवासी जनजाती मूलवासी शव्दबारे प्रष्ट्याउनु हुँदै प्रशिक्षण प्रदान गर्नु भयो । उक्त कार्यक्रम गण्डकी प्रदेश सचिव महेन्द्र दर्लामी मंगोलले सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्