मङ्गलबार 23 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

गोर्खाको पालुङटार नगर सभा गठन

Baneera Mongol Meche | 28 जनवरी 2019

गोर्खाको पालुङटार नगर सभा गठन

गोर्खा/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा गोर्खाको सकृयतामा जिल्लाको पालुङटार नगर सभा गठन भएको छ ।  

गोर्खाको पालुङटार नगर सभा गठन

27 जनवरी सोमबारका दिन रिन्जेन तामाङको अध्यक्षता र संगठनका केन्द्रीय सदस्य सोम बहादुर तमुको प्रमुख आतिथ्यतामा एक प्रशिक्षण कार्यक्रमको बीच तेईस सदस्यीय उक्त नगर सभा गठन भएको हो । कार्यक्रममा विशिष्ट अतिथिमा मंगोल नेशनल अर्गनाइजेशन गण्डकि प्रदेश सभाका सचिव देव बहादुर थापा मगर (महेन्द्र मंगोल) रहनु भएको थियो । पालुङटार वडा नं. ९ मा भएको उक्त कार्यक्रममा स्थानिय अहिन्दू मूलवासी मंगोल समुदायहरुको पनि उल्लेखनीय सहभागिता रहेको थियो । पालुङटार नगर सभाका अध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः रिन्जेन तामाङ, उर माया तामाङ, मन कुमारी तामाङ, पट्टि तामाङ रहेका छन । त्यस्तैगरी सदस्यहरूमा ठिक बहादुर तामाङ, कुमारी तामाङ, पार्वती परियार, निरु तामाङ, कान्छी माया तामाङ, ठाकुर तामाङ, देउ बहादुर तामाङ, कर्ण तामाङ, यगुप तामाङ, सुक बहादुर तामाङ, घमन सिंह तामाङ, राज कुमार तामाङ, उर माया तामाङ, मन माया तामाङ, सुक माया तामाङ, देव तामाङ, गोन्दे तामाङ, अकले तामाङ र मैचा तामाङ छन् । यसैबीच कार्यक्रमका प्रमुख अतिथी तमुले उपस्थित महानुभावहरुलाई मानव अस्तित्व लगायत राजनितीक समसामयिक विषय र सांगठनिक प्रशिक्षण प्रदान गर्नु भएको थियो । साथै नवगठित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण पनि गराउन भयो । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथी देव बहादुर थापा मगरले नवगठित नगर सभाका सम्पुर्ण पदाधिकारीहरुलाई शुभकामना व्यक्त गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्