शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

गोर्खाको वारपाक सुलिकाेटमा एम एनओ को प्रशिक्षण

Baneera Mongol Meche | 26 जनवरी 2019

गोर्खाको वारपाक सुलिकाेटमा एम एनओ को  प्रशिक्षण

 

गोर्खा/ मंगोल नेसनल अर्गनाइजेसन गोर्खा जिल्ला सभाको आयोजनामा गोर्खाको वारपाक गाँउपालिका सुलिकोट खार्चाेक भन्ज्याङमा एक दिने मंगोलवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । संगठनका केन्द्रिय सदस्य सोम बहादुर गुरुङको प्रमुख अातिथ्यतामा माघ १२ गते बारपाक गाउँ पालिका ३ सुलिकोटमा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हाे। कार्यक्रममा केन्द्रिय सदस्य सोम बा. गुरुङले सहभागीहरुलाई प्रशिक्षण प्रदान गर्नु भएको थियो । सो कार्यक्रममा उहाँले मंगोलवाद के हो, एमएनओले के चाहन्छ भन्ने बारेमा बृहत रुपमा बताउनु भयो साथै उहाले अबको विकल्प भनेकै मंगोल नेसनल अर्गनाइजेसन भएकाेले सबैलाई यसैमा लाग्न आव्हान समेत गर्नु भयो । कार्यक्रममा गोर्खा जिल्ला सभाका पदाधिकारी लगायत विभिन्न गाउँ, नगर सभाका सदस्यहरु एवम् स्थानीय जनसमुदायहरुको सहभागी रहेको थियो । यसै बीच कार्यक्रमकै अवसर पारेर तुल बा. तामाङ को अध्यक्षतामा १६ सदस्यीय तदर्थ ३ न वडा सभा समेत गठन गरिएको छ । वडा सभाका सचिब , सह सचिब र कोषाध्यक्षमा क्रमश जित बा. तामाङ , सपना तामाङ र सजिना बराम रहेका छन भने सदस्यहरुमा धन सिह बराम , इन्द्र बा. गुरुङ , गिठी माया बराम , शान्त माया तामाङ , चिम्से बराम , सुक बा. बराम , सुक बा. परियार , मान बा. परियार , पदम बा. गुरुङ , पुर्ण बराम , होम बा. बराम र कुमारी बराम रहेका छन । प्रेम बा. बरामको अध्यक्षतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा बुद्धिराज तामाङले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम गन्डकी प्रदेश सभाका सचिब देब बा. थापा मगरले संचालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्