बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

गाेर्खामा एमएनअाेकाे एकदिने प्रशिक्षण सम्पन्न ।

Mongol Vision News | 23 अक्टोबर 2019

गाेर्खामा एमएनअाेकाे एकदिने प्रशिक्षण सम्पन्न ।

22nd October,2019 को दिनमा गोरखा न.पा.-१४ , सलाङगिरी, गोरखामा मंगोल नेशनल अर्गनाइजेसन , जिल्ला सभा , गोरखाको आयोजनामा जिल्ला सभाको अध्यक्ष गङ्गा राना मगरज्युको सभाधक्ष्यतामा र मंगोल नेशनल अर्गनाइजेसन गण्डकी प्रदेश सभाको सल्लाहकार देव थापा मगरज्युको प्रमुख आतिथ्यतामा " मुलवासी मंगोलहरुको आवाज , विभेदरहित समाज , सम्पुर्ण अहिन्दु मुलवासी मंगोलहरुको एकता , देश विकास , रोजगार र शान्तिको आवस्यकता , मुलवासी मंगोलहरुको सरकार बनाउनुपर्ने प्रतिबद्धता " भन्ने नाराका साथ एकदिने मुलवासी प्रशिक्षण कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा अन्य अतिथिका रुपमा एम.एन.ओ. , पालुङटार नगरसभाका अध्यक्ष रिन्जेन लामाज्यु हुनुहुन्थ्यो । मन्तब्य भने अतिथी पालुङ्टार नगर सभाका अध्यक्ष लामा र जिल्ला सदस्य शेर बहादुर गुरुङ्ज्युले राख्नु भएको थियो । प्रमुख अतिथी मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रदेश सभाका सल्लाहकारज्युले नै उक्त प्रशिक्षण कार्यक्रममा प्रशिक्षकोरुपमा दिनुभएको थियो। प्रशिक्षकज्युले नेपालको असली ईतिहास प्रष्ट पार्दै राष्ट्रिय( National) र अन्तरास्ट्रिय राजनिति ( international / Global politics) को बारेमा बताउँदै नेपाल र भारतको राजनीति लडाइँ बाहिरबाट भित्रेका आजको हिन्दु आर्य र यसै मुलुकका अहिन्दु मुलवासी मंगोलमाझको लडाइँ भएको सत्य तथ्य लिखित र अलिखित ईतिहास निर्भीकताका साथ फिजाएर आगामी फिडिलाइ दासताबाट मुक्ती गराउनको लागि एम.एन.ओ.फाउण्डर प्रेसिडेन्ट डा.गोपाल गुरुङज्युले ज्यान नै बाजि लगाएर मङ्गोल नेशनल अर्गनाइजेसनको स्थापना गर्नुभएको कुरा बुझाउदै लोकतन्त्र , मानव अस्तित्व इत्यादीसम्बन्धमा उपस्तिथ मंगोल समुदायलाइ एकदिने मुलवासी प्रशिक्षण प्रदान गर्नुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्य स्थानिय कृष्ण बहादुर थापा मगर्ज्युले दिनु भएको थियो भने सन्चालन प्रचार प्रसार सचिव प्रेम बरामज्युले गर्नु भएको थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्