शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

गोर्खामा मंगोलको भेटघाट साथै प्रशिक्षण कार्यक्रम सम्पन्न

Baneera Mongol Meche | 27 जनवरी 2019

गोर्खामा मंगोलको भेटघाट साथै प्रशिक्षण कार्यक्रम सम्पन्न

गोर्खा / मंगोल नेशनल अर्गनाइजेसन गोर्खा जिल्ला सभाको अायोजनामा वारपाक सुलिकोट रन्चोकमा भेटघाट साथै एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
जनवरी २७ का दिन गोर्खा जिल्लाको वारपाक सुलिकोट गाउपालिका वडा नं. ४ रन्चोकमा पुथ राम गुरुङको अध्यक्षता र संगठनका केन्द्रीय सदस्य सोम बहादुर गुरुङको प्रमुख अातिथ्यतामा भेटघाट साथै एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वारपाक सुलिकोट गाउँ सभाका सचिव धन बहादुर गुरुङ र सदस्य सुरेश गुरुङको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा मुलवासी मंगोलहरुक‍ो उल्लेखनीय उपस्थिति रहेको थियो । उक्त कार्यक्रम कै अवसरमा पुथ राम गुरुङकै अध्यक्षतामा २० सदस्यीय वारपाक सुलिकोट -४ रन्चोक टोल सभा गठन भएको छ । जसको सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः सलिना गुरुङ, रुखिराम गुरुङ र मंगली गुरुङ रहेका छन् । त्यस्तै सदस्यहरुमा बुद बहादुर गुरुङ, सन्त बहादुर गुरुङ, बिमाया विक, प्रविन गुरुङ, प्रकाश गुरुङ, रच बहादुर गुरुङ, रेशम गुरुङ, केश बहादुर गुरुङ, सूर्य बहादुर गुरुङ, सन्त बहादुर विक, सुक बहादुर गुरुङ, राम बहादुर गुरुङ, शेर बहादुर गुरुङ, मंगल बहादुर विक, बिल बहादुर गुरुङ, सुन कुमारी गुरुङ रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि संगठनका केन्द्रीय सदस्य सोम बहादुर गुरुङले उपस्थित भेलालाई मुलवासी मंगोल र सांगठनिक विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो र प्रशिक्षण सँगै नवगठित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण समेत गराउनु भएको थियो । उक्त कार्यक्रमलाई एमएनअो गण्डकी प्रदेश सभा सचिव देव बहादुर थापा मगरले सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्