सोमबार 29 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

गोर्खामा प्रथम ऐतिहासिक गण्डकी गा.पा अधिवेशन तथा एकदिने मुलवासी मंगोल प्रशिक्षण कार्यक्रम सम्पन्न

Sushma Ale | 16 डिसेम्बर 2020

गोर्खामा प्रथम ऐतिहासिक गण्डकी गा.पा अधिवेशन तथा एकदिने मुलवासी मंगोल प्रशिक्षण कार्यक्रम सम्पन्न

मिति 15 december,2020 , मंगलबारको दिनमा मंगोल नेशनल अर्गनाइजेसन, तेस्रो एतिहासिक गोर्खा जिल्ला अधिबेशन मूल आयोजक सभाका संयोजक गङ्गा राना मगरज्युको सभाधक्ष्यतामा र मंगोल नेशनल अर्गनाइजेसन केन्द्रिय सभाका सदस्य तथा आर्थिक विभागका सदस्य सोम बहादुर गुरुङज्युको प्रमुख आतिथ्यतामा गोर्खा जिल्लाको गण्डकी गा.पा-०५,सानो दर्बुङमा मुलवासी मंगोलहरुको आवज विभेद रहित समाज सम्पुर्ण अहिन्दु मुलवासी मंगोलहरुको एकता , देश विकास, रोजगार र शान्तिको आवश्यकता, मुलवासी मंगोलहरुको सरकार बनाउनुपर्ने प्रतिबद्धता!! भन्ने मुलनाराका साथ प्रथम ऐतिहासिक गण्डकी गा.पा अधिवेशन तथा एकदिने मुलवासी मंगोल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 
विशिष्ट अथिति मंगोल नेशनल अर्गनाइजेसनका, केन्द्रिय सदस्य प्रबिना थापा मगर हुनुहुन्थ्यो । अतिथिहरुमा मंगोल नेशनल अर्गनाइजेसन, गण्डकी प्रदेश सभाका अनिता थापा र मंगोल नेशनल अर्गनाइजेसन, दोस्रो एतिहासिक तनहुँ जिल्ला अधिबेशनका मुल आयोजक सभाका सचिब सुस्मा आले हुनुहुन्थ्यो । सम्पूर्ण अतिथिहरुले शुभकामना मन्तव्य राख्नु भएका थिए । प्रमुख अतिथी गुरुङज्युले असली इतिहास खोतल्दै मानव अस्तित्व सम्बन्धि उपस्थित समुदायहरुलाई प्रशिक्षण दिनु भयो ।त्यस्तै गरि प्रथम मंगोल नेशनल अर्गनाइजेसन , गण्डकी गाउँ सभाको अधिवेशनबाट सुमित थापा मगरको अध्यक्षतामा ११ सदस्यीय मंगोल नेशनल अर्गनाइजेसन ,गण्डकी गाउँ सभा निर्वाचित भएको छ। क्रमशः सचीव, कोषाध्यक्ष र अन्य सदस्यहरुमा खड्क सि. थापा मगर, चन्द्र बहादुर थापा मगर, शिव थापा मगर, गम्भीर थापा मगर , दीर्घ बहादुर राना मगर, सुमन थापा मगर, उदय बहादुर थापा मगर, रोशन थापा मगर, भिम बहादुर थापा मगर र प्रकाश राना मगर निर्वाचित हुनुहुन्छ । तेस्रो एतिहासिक मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा गोर्खाको जिल्ला अधिबेशनको मुल आयोजक सभाका सदस्य शेर बहादुर तामाङज्युले स्वगत मन्तव्य राख्दै स्वागत गर्नु भएको थियो । मंगोल नेशनल अर्गनाइजेसन, बारपाक सुलिकोट गाउँ सभाका सचिब नाविन घलेज्युले कार्यक्रम संचालन गर्नु भएको थियोे ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्