बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

गोर्खामा पनि जन्मोत्सव मनाइयो

Mongol Vision News | 28 जूलाई 2019

गोर्खामा पनि जन्मोत्सव मनाइयो

गोर्खा / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा गोरखाको आयोजनामा 27, july , 2019 दिन जिल्ला अध्यक्ष गङ्गा राना मगरको सभाधक्ष्यता र गण्डकी प्रदेश सभाको सचीव महेन्द्र मंगोलको प्रमुख आतिथ्यतामा मंगोल नेशनल अर्गनाइजेशनका फाउण्डर प्रेसिडेन्ट युग पुरुष अमर डा. गोपाल गुरुङज्युको ८४ औं जन्मोत्सव जिल्ला कार्यलयमा नै सभ्य र भव्य तरिकाले सम्पन्न भयो । अतिथिका रुपमा पाल्नु भएका टुकराङ टोल सभा, बारपाक गाउँ पालिका-०४ का अध्यक्ष श्याम तामाङ , पालुङटार नगर सभाका अध्यक्ष रेन्जेन लामा तामाङ , जिल्ला सद्स्य नेम बहादुर गुरुङज्युसम्पुर्णले मन्तब्य राख्नु भएको थियो । स्वागत मन्तव्य गोरखा जिल्ला सभाका प्रचारप्रसार सचिव मन बहादुरले दिनु भएको थियो। संसारमा रहेका कम्युनिस्टहरुले धर्मलाई अफिम मान्दथे भने नेपालमा भएको कम्युनिस्टहरु भनी स्यालले बाघको खोल ओढे जस्तै 'हिन्दु धर्म नै हैन" तर हिन्दुलाइ धर्मको रुपमा प्रचार गर्ने गरेको कुरालाइ प्रमुख अतिथिज्युले जोड्दै बाहुन क्षेत्रिको सरकार नाम मात्रको कम्युनिस्ट हो । अब भने संसारमा नै कम्युनिस्ट सरकार अन्त्य हुँदै छ र नेपालमा पनि केही समयको लागि मात्र बहुमतको बाहुन क्षेत्रिको सरकार टिक्दछ किन कि नेपालमा सयौं पार्टी भए तापनी नाम र झण्डा मात्र फरक हो र सबै पार्टी बाहुनवाद र हिन्दुवादमा अडिग भएको कारण अन्त्यमा नेपालका सबै ८०% अहिन्दु मुलवासी मंगोलको अस्तित्व सुनिस्चित गर्न र न्याय प्राप्तिका लागि एक मात्र सङ्गठन युगपुरुष अमर डा. गोपाल गुरुङज्युले निकै संघर्ष गरि भद्रगोल जेलभित्र स्थापना गर्नु भएको मंगोल नेशनल अर्गनाइजेशन रहेको बताउनु भयो र उहाँको त्याग र योगदान साथै मंगोल सिधान्त कहिले बिर्सन नहुने कुरालाइ जोड दिनु भयो । कार्यक्रम सञ्चालन जिल्ला सचिव कृष्ण कुमारी घले श्रेष्ठले गर्नु भएको थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्