शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

गोर्खामा स्थानीय तह निर्बाचनको समिक्षा बैठक सम्पन्न

mongolvision | 3 जून 2022

गोर्खामा स्थानीय तह निर्बाचनको समिक्षा बैठक सम्पन्न

 गोरखा/मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा गोरखाको आयोजनामा गोरखा जिल्लाको सदर मुकाम गोरखा बजार बसपार्कस्थित होटल प्याराडाईजको सभाहलमा स्थानीय तहको निर्वाचनको समिक्षा बैठक सम्पन्न भएको छ । 
उक्त कार्यक्रम एम. एन. ओ. जिल्ला सभा गोरखाका अध्यक्ष गङ्गा राना मगरको सभाध्यक्षतामा एवं गण्डकी प्रदेश सभाका सदस्य मंगल सिंह गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथि  गण्डकी प्रदेश सभाका सल्लाहकार देव थापा मगर थिए । 
कार्यक्रममा स्थानीय तहको निर्वाचनमा गोरखा जिल्लाको विभिन्न पालिकाहरुमा एम. एन.ओ. को तर्फबाट विभिन्न पदमा उम्मेदवारी दिनुहुने उम्मेदवारहरुलाई कार्यक्रमका प्रमुख अतिथि मंगल सिंह गुरुङले सम्मान पत्र वितरण  गर्नुभएको थियो । 
कार्यक्रममा गोरखा जिल्लाका विभिन्न पालिकामा प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरुले अनुभव मन्तव्य राख्नुभएको थियो । प्रमुख अतिथी गुरुङले सम्पुर्ण मंगोल योद्धाहरुलाई  दिनुहुँदै एउटा नौलो  ईतिहासमा आफ्नो नाम लेखाउन सफल हुनुभएकोमा धन्यवाद तथा शुभकामना व्यक्त गर्दै यो कार्यलाई निरन्तरता दिनुहुन हौसला दिनुभयो साथै विशिष्ट अतिथी थापाले मन्तव्यका क्रममा भन्नुभयो" हामी मंगोलहरुलाई हराउन आदिवासी जनजाति स्विकार गरेका मंगोलहरुकै कारण र मंगोलहरु निर्वाचनमा पैसामा बिकेकै कारण पराजित बेहोर्नु परेको तर समग्रमा एम.एन.ओ.ले गोरखा जिल्लामा  उम्मेदवारहरु खडा गर्न सक्नु नै जीत भएको र हाम्रा उम्मेदवारहरुसंग खस आर्य ब्राह्मण क्षेत्रीहरु त्रसित र मानसिक रुपमा पराजित भईसकेको पाईयो र आउने निर्वाचनमा जितको लागि तयार रहनुहोला"  साथै उहाँले  उम्मेदवारहरुलाई आफ्ना कमी कमजोरीहरु सुधार्दै लैजान र कर्तव्यनिष्ठ हुन अनुरोध गर्नुभएको थियो । 
उक्त कार्यक्रममा एम. एन. ओ. जिल्ला सभा गोरखाका कोषाध्यक्ष नेम बहादुर गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रचारप्रसार सचिव नवीन घलेले सन्चालन गर्नुभएको थियो ।

गोर्खामा स्थानीय तह निर्बाचनको समिक्षा बैठक सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्