शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

गोर्खाकाे सिरानचाेक गाउँ सभा गठन

Laasim Hang Mongol | 30 जनवरी 2019

गोर्खाकाे सिरानचाेक गाउँ सभा गठन

गोर्खा/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा गोर्खाको सकृयतामा जिल्लाको सिरान चोक गाउँ सभा गठन भएको छ ।

गोर्खाकाे सिरानचाेक गाउँ सभा गठन

 29 जनवरी मंगलबारका दिन सेवाराज गुरुङको अध्यक्षता र संगठनका केन्द्रीय सदस्य सोम बहादुर तमुको प्रमुख आतिथ्यतामा एक प्रशिक्षण कार्यक्रमको बीच पन्ध्र सदस्यीय सिरानचोक गाउँ सभा गठन भएको हो । कार्यक्रममा विशिष्ट अतिथिमा मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रदेश सभाका सचिव देव बहादुर थापा मगर (महेन्द्र मंगोल) रहनु भएको थियो । सिरानचोक गाउँ सभाका अध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः उत्तम गुरुङ, लुरे गुरुङ, कुमार गुरुङ र बिमला गुरुङ रहेका छन् । त्यसैगरी सदस्यहरुमा ओम बहादुर गुरुङ, मोहन सिंह तामाङ, यम बहादुर गुरुङ, चुक बहादुर गुरुङ, भक्त सिंह गुरुङ, थम बहादुर गुरुङ, बिकास गुरुङ, डिल बहादुर गुरुङ, दुर्गा गुरुङ, एक माया गुरुङ र सुस्मिता गुरुङ रहेका छन् । यसैबीच कार्यक्रमका प्रमुख अतिथी सोम बहादुर तमुले उपस्थित मंगोलप्रेमी महानुभावहरुलाई मानव अस्तित्व लगायत राजनितीक समसामयिक विषय र सांगठनिक प्रशिक्षण प्रदान गर्नु भएको थियो । साथै नवगठित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण पनि गराउन भयो । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथी देव बहादुर थापा मगरले नवगठित गाउँ सभाका सम्पुर्ण पदाधिकारीहरुलाई शुभकामना व्यक्त गर्नु भएको थियो भने बुद्धिराज तामाङले स्वागत मन्तव्य राखेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्