बिहिबार 16 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

गोरखा बारपाक सुलिकोटमा प्रशिक्षण कार्यक्रम सम्पन्न

Anita Thapa Magar | 2 मार्च 2020

गोरखा बारपाक सुलिकोटमा प्रशिक्षण कार्यक्रम  सम्पन्न

गोरखा/  आज 1st March ,2020 को दिनमा मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा गोरखाका तेस्रो एतिहासिक जिल्ला अधिवेशनका मुलआयोजक सभाका संयोजक गङ्गा राना मगरज्युको सभाधक्ष्यतामा र मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रदेश सभाका सल्लाहकार देव थापा मगरज्युको प्रमुख आतिथ्यतामा एकदिने मुलवासी प्रशिक्षण कार्यक्रम सभ्य र भव्य रुपमा गोरखा जिल्लाको बारपाक सुलिकोट वडा न. ४, भण्डारी गाउँमा सम्पन्न गरिएको छ।

    साथै अन्य अतिथिहरुमा मंगोल नेशनल अर्गनाइजेशन बारपाक सुलिकोट गाउँ सभाका अध्यक्ष तुल बहादुर गुरुङ , बारपाक सुलिकोट वडा न.४ का अध्यक्ष तुल बहादुर गुरुङ , टुकराङ गाउँ सभाका अध्यक्ष श्याम तामाङ हुनुहुन्थ्यो । कार्यक्रममा प्रमुख अतिथिज्युले नै उपस्थित हुनुभएका सम्पुर्ण मुलवासी समुदायका लोकहरुलाइ नेपालको असली इतिहासहरुलाइ खोतलदै मानव अस्तित्वको विषयमा ज्ञान दिदै हामी यो देशका ८०% अहिन्दु मुलवासी मंगोलहरुलाइ कसरी २०% हिन्दु बाहुन क्षेत्रीहरुले धोती न टोपी हुने गरि अस्तित्व साथै गाँस, कपास र बाँस खोसेको छ त्यो पनि प्रष्ट पार्नुभयो।

    प्रमुख अतिथी थापाले यो देश नेपालका मुलवासी मंगोलहरुलाइ हुकुमवासीबाट सुकुम्बासी बनाइ अस्तित्व बिहिन र राजनैतिक चेतनाविहिन बनाइ (विभिन्न नामका राजनीतिक पार्टी तर एउटै उदेश्य मंगोल मास्ने) खोलेर मंगोल दाजुभाइलाइ एकाअर्कासङ्ग भिडाइ मंगोल मराउने र चितवनको हाती पोलो खेलजस्तै हातिको प्रयोगबाट माउटे धनि हुने खालको फोहोरी राजनिती गरिरहेको तर अबको एकपुस्ता युवा वर्गले मंगोल नेशाल अर्गनाइजेशनको सिद्धान्त लोकतन्त्र , धर्मनिर्पेक्ष्य र प्रान्तीय सरकारलाइ संस्थागत गर्न त्याग , तपस्या र बलिदान गर्नुपर्ने कुरालाइ जोड्नु भयो । त्यस्तै गरि कार्यक्रम सन्चालन मंगोल नेशनल अर्गनाइजेशन तेस्रो गोरखा जिल्ला अधिवेशनका मुलाअयोजक सभाका प्रचार प्रसार सचिव प्रेम बरामज्युले गर्न भएको थियो भने सदस्य तेम्बा ग्याल्जेनज्युले स्वागत मन्तब्य गर्नुभएको थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्