शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

गोरखा जिल्ला अधिवेशनको तयारीमा तिव्रता

Mahendra Thapa | 15 फेब्रुअरी 2020

गोरखा जिल्ला अधिवेशनको तयारीमा तिव्रता

गोर्खा/ मंगोल नेशनल अर्गनाइजेशन गोरखा जिल्लाको तेस्रो ऐतिहासिक जिल्ला अधिवेशन मुलआयोजक सभाका कोषाध्यक्ष नेम बहादुर गुरुङज्युको सभाध्यक्षता र मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रदेश सभाका सल्लाहकार देव थापा मगरको प्रमुख आतिथ्यतामा गोरखा जिल्लाको आरुघाट गाउँपालिका वडा नम्बर ६ आर्बाङमा मूलवासी मंगोलहरुको आवाज विभेदरहित समाज, सम्पूर्ण अहिन्दु मुलवासी मंगोलहरुको एकता , देश विकास, रोजगार र शान्तिको आवश्यकता र मूलवासी मंगोलहरुको सरकार बनाउनुपर्ने प्रतिबद्धता भन्ने मुल नाराका साथ एकदिने मुलवासी मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

    15th February, 2020 शनिवारको दिन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि देव थापाले उपस्थित मूलवासी मंगोल लोक समुदायहरुलाइ नेपालमा सत्य इतिहासको बारेमा अवगत गराउनु हुँदै प्रशिक्षण प्रदान गर्नु भएको थियो । त्यसैगरी प्रशिक्षणकै क्रममा उहाँले नेपालमा सधैं शोषण र दमन गरि शताब्दीऔं देखि मंगोलको भुमि लुट्दै आएका लोकतन्त्र विरोधि तत्व विदेशी आर्यनहरुको कु-राजनितिलाई परास्त गरि असली लोकतन्त्रवादी संगठन मंगोल नेशनल अर्गनाइजेशन र संस्थापक युग पुरुष अमर डा. गोपाल गुरुङको मूल दर्शन लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीय सरकारलाइ नेपालमा वास्तविक रुपमा स्थापित तथा कार्यन्वयनमा ल्याउन अब मंगोल उम्मेदवारलाई जिताउनु मात्र एक विकल्प रहेको बताउनु भयो ।

गोरखा जिल्ला अधिवेशनको तयारीमा तिव्रता

उक्त ऐतिहासिक कार्यको लागी ८०% अहिन्दु मूलवासी मंगोलहरुले समनाता, भातृत्व र स्वतन्त्रतालाइ आत्मसात गर्दै त्याग, तपस्या र बलिदान दिनुपर्ने कुरामा उहाँले आह्वान गर्नुभयो । सम्बोधनकै क्रममा प्रमुख अतिथि थापाले एमएनओ गोरखा जिल्लाको ऐतिहासिक तेस्रो जिल्ला अधिवेशनलाई तन, मन र धनले सहयोग गरी सव्य र भव्य रूपमा अधिवेशन सम्पन्न गराईदिनुहुन पनि आह्वान गर्नु भएको थियो । उक्त कार्यक्रमको सन्चालन मंगोल नेशनल अर्गनाइजेशन गोरखा जिल्ला तेस्रो ऐतिहासिक जिल्ला अधिवेशनका मुल आयोजक सभाका सचिव कृष्ण कुमारी घले श्रेष्ठले गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्