शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

गोरखा जिल्लाको तेस्रो अधिवेशन लम्बियो

Mongol Vision News | 30 मार्च 2020

गोरखा जिल्लाको तेस्रो अधिवेशन लम्बियो

गोरखा/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा गोरखाले आज एक प्रेस विज्ञप्ति मार्फत आफ्नो तेस्रो जिल्ला अधिवेशन मिति लम्बिने बताएको छ।

 गत माघ ४ गते गंगा राना मगरको अध्यक्षतामा बसेको जिल्ला सभा गोरखाको नियमित बैठकले अप्रिल १० अर्थात् चैत्र २८ गते अधिवेशन गर्ने भनी सर्वसम्मतले निर्णय पारित गरेको थियो । सोही ऐतिहासिक तेस्रो जिल्ला अधिवेशनलाई सभ्य र भव्यताका साथ सु-सम्पन्न गर्न जिल्लामा अधिवेशको प्रचारप्रसार साथै तिव्रताका साथ तयारीमा जुटिरहेको बेला चिनको वुहान शहरबाट फैलिएको कोभिड-१९ कोरोना भाइरसका कारण संसारभर महामारी फैलिरहेको कुरालाई मध्यनजर गर्दै मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सभाले गत चैत्र ०९ गतेका दिन एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै अर्को पत्र प्रकाशन नभएसम्म कुनै पनि सार्वजनिक स्थलमा सांगठनिक सभा, भेला इत्यादी नगर्न उर्दि जाहेर गरेको थियो ।

सोही कुरालाई आत्मसात गर्दै साथै स्वास्थ क्षेत्रलाई मध्यनजर गर्दै नेपाल सरकारले देशव्यापी रुपमा लक डाउन घोषणा गरेकाले जिल्लाको अधिवेशन पनि रद्ध गर्नु परेको अधिवेशन मूलआयोजक सभाका संयोजक गंगा रानाले आज एक प्रेस विज्ञप्ति मार्फत जानकारी गराए । प्रकाशित विज्ञप्ति पत्रमा पारित अधिवेशन मिति रद्ध गरेता पनि अर्को मिति थप भने केन्द्रीय सभाले अर्को पत्र प्रकाशित गरे संगै निर्णय गर्ने संयोजक गंगा रानाले मंगोल भिजन राष्ट्रीय साप्ताहिकलाई बताउनु भयो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्