शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

गोरखा जिल्लामा अधिवेशनको तिव्र तयारी

Mahendra Thapa | 17 फेब्रुअरी 2020

गोरखा जिल्लामा अधिवेशनको तिव्र तयारी

गोरखा/ मंगोल नेशनल अर्गनाइजेशन गोरखा नगरपालिका सभाका अध्यक्ष दिनेश थापा मगरज्युको सभाधक्ष्यता र मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रदेश सभाका सल्लाहकार महेन्द्र थापा मगरको प्रमुख आतिथ्यतामा विभिन्न प्रस्तावहरु माथी छलफल गर्दै गोरखा नगरपालिकाको नियमित बैठक बसेको छ ।

    17th , Feb 2020  मा  गोरखा जिल्लाको अधिवेशनलाई मध्य नजर गर्दै बैठकमा नगर सभाको प्रथम एतिहासिक नगर अधिवेशनमाथी बृहत् रुपमा छ्लफल गरि अधिवेशनको मिति 21st March ,2020 मा तोकिएको छ । साथै मंगोल नेशनल अर्गनाइजेसन गोरखा नगरपालिका सभाका पुर्व अध्यक्ष दिनेश थापा मगरज्युको संयोजकतामा ११ सदस्यीय प्रथम ऐतिहासिक गोरखा नगरपालिका अधिवेशनको मुलाअयोजक सभा गठन भएको छ ।

    प्रमुख अतिथी थापाले अधिवेशनका लागी गठित मुलआयोजक सभाका संयोजक तथा सदस्यज्युहरुलाई अधिवेशनलाई सभ्य र भव्यरुपमा ऐतिहासिक बनाउनको लागी शुभकामना व्यक्त गर्दै गोरखा जिल्लालाई मंगोलमय बनाउनुपर्ने साथै मंगोल नेशनल अर्गनाइजेशनका फाउण्डर प्रेसिडेन्ट युग पुरुष अमर डा. गोपाल गुरुङ ज्युको मंगोल राष्ट्रवादलाइ सधैं जिवन्त राखि राख्न विभिन्न चुनौतिको सामना गर्दै त्याग, तपस्या र बलिदान गर्नु पर्ने कुरामा जोड दिनुभएको थियो । नियमित बैठकको संचालन गोरखा नगर सभाका सचीव प्रकाश थापा मगरले गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्