बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

गोरखा जिल्लामा भव्यताको साथ ८६ औं जन्मोत्सव सम्पन्न

Aneeta Thapa Magar | 27 जूलाई 2021

गोरखा जिल्लामा भव्यताको साथ ८६ औं जन्मोत्सव सम्पन्न

गोरखा/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा गोरखाको जिल्ला कार्यालयमा युगपुरुष अमर ड.गोपाल गुरुङ ज्युको ८६ औं जन्मोत्सव कार्यक्रम सौहार्दपुर्ण वातावरणमा सभ्य र भव्य रुपमा सम्पन्न भएको छ ।

मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा गोरखा अध्यक्ष गङ्गा राना मगर ज्युको सभाधक्ष्यतामा र मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रदेश सभाका सदस्य मंगल सिहं गुरुङ ज्युको प्रमुख आतिथ्यतामा २७ जुलाई, २०२१ को दिनमा गोरखा जिल्ला अन्तर्गत गोरखा नगरपालिकामा अवस्थित जिल्ला सभा गोरखाको कार्यालयमा सौहार्दपुर्ण वातावरणमा हर्षोल्लासका साथ ड.गोपाल गुरुङको ८६ औं जन्मोत्सव कार्यक्रम सभ्य र भव्यरुपमा सम्पन्न भएको हो । उक्त कार्यक्रमका विशिष्ट अतिथि मंगोल नेशनल अर्गनाइजेशन, गण्डकी प्रदेश सभाका सल्लाहकार देव बहादुर थापा मगर रहनुभएको थियो । अन्य अतिथिहरुमा मंगोल नेशनल अर्गनाइजेशन गोरखा नगरपालिकाका अध्यक्ष कृष्ण तामाङ, मंगोल नेशनल अर्गनाइजेशन सहिद लखन गाउँपालिकाका अध्यक्ष तारा बहादुर थापा, मंगोल नेशनल अर्गनाइजेशन, धार्चे गाउँपालिकाका अध्यक्ष सार्की घले, मंगोल नेशनल अर्गनाइजेशन बारपाक सुलिकोट गाउपालिका वडा नम्बर ४, वडा सभाका अध्यक्ष तुल बहादुर गुरुङ हुनुहुन्थ्यो । कार्यक्रमका प्रमुख अतिथी र विशिष्ट अतिथिले कार्यक्रममा शुभकामना मन्तव्य राख्नुभएको थियो।

प्रमुख अतिथी गुरुङले युग पुरुष अमर ड.गोपाल गुरुङको जन्मोत्सव सम्पुर्ण मुलवासी मंगोलहरुले गर्वका साथ उहाँको त्याग, तपस्या र बलिदानलाई स्मरण गर्दै साथी संगी जम्काभेट गरि रमणीय वातावरणमा मनाउनुपर्छ भन्दै ड.गोपाल गुरुङको योगदानबारे बताउनु हुँदै शुभकामना मन्तव्य राख्नु भयो । त्यस्तैगरि कार्यक्रमका विशिष्ट अतिथी थापा ज्युले एम एनओका फाउण्डर प्रेसिडेन्ट दुरदर्शि नेता युग पुरुष ड.गोपाल गुरुङ युगौ युगमा जन्मनु भएका एक महापुरुष हुनुहुन्छ जसले आफ्नो व्यक्तिगत स्वार्थ भन्दा धेरै उच्च विचार राखी नेपालका ८० प्रतिशत अहिन्दु मुलवासी मंगोल मुक्तिको लागि जीवन समर्पण गर्नुभयो र भौतिक रुपमा यो संसार छाड्नु भएतापनी सधैं बाचिरहनुहुनेछ भन्दै उपस्थित सम्पुर्ण युवा नेता तथा कार्यकर्ताहरुलाई ड.गोपाल गुरुङको जिवनी बाट अमुल्य पाठ सिक्नका लागि अभिप्रेरित गर्नुभयो । ड.गोपाल गुरुङको जन्मबारेमा केही कुरा खुलाउनु हुँदै शुभकामना मन्तव्य समेत राख्नु भएको थियो । कार्यक्रमका सभाध्यक्ष राना मगर ज्युले उपस्थित सम्पुर्णलाई धन्यवाद ज्ञापन गरि कार्यक्रम सम्पन्न भएको र लामो समयको अन्तरालमा सबैलाई भेट्न पाउँदा हर्षित भएको कुरा व्यक्त गर्दै सभा विसर्जन गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा गोरखाका प्रचारप्रसार सचिव नवीन घले ज्युले राख्नुभएको थियो भने सञ्चालन मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा गोरखाका सचिव कृष्ण कुमारी घले श्रेष्ठ ज्युले गर्नुभएको थियोे ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्