शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

गोरखा जिल्लामा मंगोलहरुले गरे दशै बहिष्कार

mongolvision | 17 अक्टोबर 2021

गोरखा जिल्लामा मंगोलहरुले गरे दशै बहिष्कार

 

गोरखा/ मंगोल नेशनल अर्गनाइजेशन गोर्खा जिल्ला सभाका नेता तथा कार्यकर्ताहरु, समर्थक, शुभचिन्तकहरुद्वारा कथित हिन्दु चाड दशै घरघरबाटै दशै बहिष्कार गरेका छन भने गोरखाको विभिन्न स्थानमा दशैं बहिष्कारको औपचारिक कार्यक्रम समप्न्न गरिएको छ ।गोर्खा जिल्ला अन्तर्गतका गोरखा नगरपालिका , बारपाक सुलिकोट गाउँपालिका, सहिदलखन गाउँपालिका ,जौबारी, मनकामना लगायतका ठाउँमा कार्यक्रम सम्पन्न भएको हो ।

मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा गोरखाद्वारा आयोजित शोक सभा गोरखा जिल्ला सभाका कोषाध्यक्ष नेम बहादुर गुरुङको सभाधक्ष्यतामा गोर्खा नगरपालिका स्थित गोरखा जिल्ला सभाकै कार्यालयमा शोक सभा सम्पन्न भएको हो । उक्त शोक सभामा मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा गोरखाका प्रचारप्रसार सचीव नवीन घलेले दशैको विषयमा बताउनुहुँदै नेपालका मुलवासी मंगोलहरुले दशै बहिष्कार गर्नुपर्ने कारण प्रष्ट्याउनुभएको थियो । यस कार्यक्रमका सन्चालक जिल्ला सभा गोरखाका सचीव कृष्ण कुमारी घले श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्यद्वारा सदस्य राम तामाङले स्वागत गर्नु भएको थियो ।
यसै गरि मंगोल नेशनल अर्गनाइजेसन बारपाक सुलिकोट वडा न.१ र २ को संयुक्त आयोजनामा अन्दु घलेको सभाधक्ष्यतामा र जिल्ला सभा गोरखाका प्रचार सचीव नवीन घलेको प्रमुख आतिथ्यतामा दशै बहिष्कार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका विशिष्ट अतिथी मंगोल नेशनल अर्गनाइजेसन चितवन जिल्ला सभाका प्रचार प्रसार सचीव भिम बहादुर घले हुनुहुन्थ्यो । कार्यक्रममा उपस्थित अतिथिहरुले मन्तव्य राख्नुभएका थिए ।
त्यस्तै गरि बारपाक गाउँपालिकाको जौबारीमा पनि मंगोल नेशनल अर्गनाइजेसन गण्डकी प्रदेश सभाका सदस्य मंगल सिङ गुरुङको प्रमुख आतिथ्यतामा दशै बहिष्कार गरिएको हो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्