शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

गोरखा जिल्ला सभाको ऐतिहासिक तेस्रो जिल्ला अधिवेशन चैत्रमा

Mongol Vision News | 18 जनवरी 2020

गोरखा जिल्ला सभाको ऐतिहासिक तेस्रो जिल्ला अधिवेशन चैत्रमा

गोरखा/ मंगोल नेशनल अर्गनाइजेशन गोरखा जिल्ला सभाको गोरखा नगरपालिका, शक्ति चोकमा रहेको मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा गोरखाको कार्यलयमा गङ्गा राना मगर ज्युको सभाध्यक्षतामा बसेको बैठकले विभिन्न प्रस्तावहरु माथी छलफल गरि सान्दर्भिक प्रस्ताव पारित गरेको छ ।

        बैठकमा प्रमुख अतिथि संगठनका केन्द्रीय सदस्य सोम बहादुर गुरुङ ज्यु हुनुहुन्थ्यो । उक्त बैठकमा मुख्य प्रस्तावको रुपमा राखिएको गोरखा जिल्ला सभाको तेस्रो ऐतिहासिक जिल्ला अधिवेशन सम्बन्धि वृहत रुपमा छलफल गरि अधिवेशनको मिति चैत्र २८ गते तदनुसार 10th April, 2020 तय गरेको छ । साथै उक्त अधिवेशनको ११ सदस्यीय मुलअयोजक सभा गठन गरिएको छ । जसमा संयोजक जिल्ला सभा गोरखाका पुर्व अध्यक्ष गङ्गा राना मगर हुनुहुन्छ । सचिव र कोषाध्यक्षमा क्रमशः पुर्व सचिव कृष्ण कुमारी श्रेष्ठ र पुर्व सदस्य नेम बहादुर हुनुहुन्छ । बैठकका प्रमुख अतिथि गुरुङ ज्युले सम्पुर्ण मंगोल नेशनल अर्गनाइजेशन तेस्रो गोरखा जिल्ला अधिवेशन मुल आयोजक सभाका पदाधिकारीहरु तथा अन्य सदस्यहरुलाइ उक्त अधिवेशन सभ्य र भव्य रुपमा सफल पार्नको लागि अग्रिम शुभकामना दिनुभएको थियो । बैठक सन्चालन पुर्व जिल्ला सचीव कृष्ण कुमारी श्रेष्ठ ज्युले गर्नुभएको थियो भने स्वागत मन्तव्य पुर्व प्रचार प्रसार सचिव प्रेम बराम ज्युले राख्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्