बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

गोरखाको बारपाक सुलिकोटमा एमएनओको वडा कार्यलय उदघाटन

Mongol Vision News | 19 सेप्टेम्बर 2019

गोरखाको बारपाक सुलिकोटमा एमएनओको वडा कार्यलय उदघाटन

मंगोल नेशनल अर्गनाइजेशन गोरखा जिल्ला सभाको बारपाक सुलिकोट-०३वडा सभाको अयोजनामा वडा सभाको कार्यलय उदघाटन कार्यक्रम तथा एकदिने मंगोलराष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भदौ ३१ गतेका दिन वडा सभाका अध्यक्ष तुल बहादुर गुरुङको सभाधक्ष्यतामा र एम.एन.ओ केन्द्रीय सदस्य तथा आर्थिक विभागका सदस्य सोम बहादुर गुरुङको प्रमुख आतिथ्यतामा वडा नम्बर तीन स्थित खार्चोक भञ्ज्याङमा उक्त वडा सभाको कार्यलय उदघाटन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा विशिष्ट अतिथिका रुपमा गण्डकी प्रदेश सभाका पुर्वसचिव देब बहादुर थापा मगर हुनुहुन्थ्यो । त्यस्तै एमएनओ गण्डकी प्रदेश सभाका पुर्व सदस्य मंगल सिंह गुरुङ, एमएनओ जिल्ला सभा गोर्खाका सहसचीव मान बहादुर गुरुङ, प्रचारप्रसार सचीव प्रेम बराम लगायत सदस्यहरु शेर बहादुर गुरुङ, तेम्बा ग्याल्जेन, प्रसाद गुरुङ, राम बहादुर तामाङ, एमएनओ आबुखैरेनी गाउँ सभाका अध्यक्ष कुमारकाजी तमु, एमएनओ बारपाक सुलिकोट गाउँ सभाका सदस्य रेशम गुरुङ, एमएनओ टुकराङ टोलसभाका अध्यक्ष श्याम तामाङको उपस्थिति रहेको थियो । कार्यक्रममा विशिष्ट अतिथि तथा केहि अतिथीहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

गोरखाको बारपाक सुलिकोटमा एमएनओको वडा कार्यलय उदघाटन

उक्त कार्यक्रममा विशिष्ट अतिथि गण्डकी प्रदेश सभाका पुर्व सचीव ज्युले नेपालका मुलवासी मंगोलहरुले संसारलाई जितेर वीर गोर्खालिको नाममा चिनिए तर आफ्नै देशमा दास बनेर पिछाडिएका बताउँनुहुदै विदेशी, लुटेरा, शरणार्थी हिन्दु आर्यनको हातमा नै यो देशको बागडोर रहेकोले मंगोलहरुमा राजनैतिक चेतना हुनुपर्ने कुरालाइ जोड दिइ उक्त कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियोे । कार्यक्रमका प्रमुख अतिथि सोम बहादुर गुरुङले कार्यलयको उदघाटन रिवन काटेर उदघाटन गर्नु भएको थियो । उपस्थिति लोकसमुदायहरुलाई प्रमुख अतिथी गुरुङले प्रशिक्षकका रुपमा भुमिका निर्वाह गर्नुहुदै मानव अस्तित्व, लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीय सरकारको महत्वको बारेमा प्रस्ट्याउदै मुलवासी मंगोलले अब समयमा नै आफुले आफैलाइ चिन्न नसकेमा विदेशी शरणार्थी बाहुन क्षेत्रीहरुले भावी सन्ततिहरुको हालत वर्तमान समयमा भन्दा नाजुक बनाउन सक्ने कुरा बताउँदै अब सम्पुर्ण मुलवासी मंगोल केही वर्ष एमएनओको निमित्त त्याग, तपस्या र बलिदान गर्नुपर्ने कुरा व्यक्त गरि आकर्षक ढंगले प्रशिक्षण प्रदान गर्नुभएको थियो । उक्त कार्यक्रममा स्वागत मन्तव्य बारपाक सुलिकोट-०३, वडा सभाका सदस्य गुठीमाया बरामले गर्नु भएको थियो भने सन्चालन एमएनओ गण्डकी प्रदेश सभाका प्रचारप्रसार सचीव अनिता थापा मगरले गरेकि थिइन् ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्