Laasim Hang Mongol | 25 मे 2019
गोरखा/ मंगोल नेशनल अर्गनाइजेशन पालुङटार नगरसभाको आयोजनामा मंगोल राष्ट्रवाद सम्बन्धी एकदिने खुल्ला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
25 Mमइ शनिवारका दिन गोरखाको पालुङटार नगर वडा नम्बर 10 कुरिचौकोट स्थित मंगोल राष्ट्रवाद सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पालुङटार नगरसभा अध्यक्ष रिन्छेन लामाको सभाध्यक्षता र संगठनका केन्द्रीय सदस्य एवम् केन्द्रीय आर्थिक बिभाग सदस्य सोम बहादुर गुरुङ्को प्रमुख आतिथ्यतामा उक्त प्रशिक्षण कार्यक्रम भएको हो । यसैगरी कार्यक्रममा विशिष्ट अतिथिको रुपमा एमएनओ गण्डकी प्रदेश सभाका अध्यक्ष नवीन गुरुङ रहनु भएको थियो भने अन्य अतिथिहरुमा एमएनओ लमजुङ जिल्ला सभाका अध्यक्ष विकास गुरुङ लगायत गाेर्खा जिल्ला सभाका पदाधिकारीहरु अध्यक्ष गङ्गा राना मगर, सचिव कृष्ण कुमारी घले श्रेष्ठ र कोषाध्यक्ष अनिस थापा मगर, सह सचिव मान बहादुर गुरुङ र प्रचारप्रसार सचिव प्रेम ब. बराम लगाएत गोरखा जिल्ला सभाका सदस्यहरु शेर बहादुर तामाङ, तेम्बा ग्याल्जेन, राम बहादुर तामाङ रहनु भएको थियो ।
त्यस्तै कार्यक्रममा प्रमुख अतिथि सोम बहादुर गुरुङले मानव अस्तित्व लगायत आदिवासी जनजाती र मूलवासी मंगोल विषयमा उपस्थित मंगोलप्रेमी महानुभावहरुलाई प्रष्ट पार्नु भयो । मन्तव्यकै क्रममा गुरुङले गोरखाबाट पतन भएको मंगोल अस्तित्व गोरखाबाटनै जगाउने अठोट पनि गर्नु भयो । कार्यक्रममा गोरखा नगरपालिका वडा नम्बर दस सभाका सचिव सजिना तामाङ र सल्लाहकार बुद्ध दोङ लगायतको पनि उपस्थिति रहेको थियो भने कृष्ण कुमारी घले श्रेष्ठले पनि आफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रम गण्डकी प्रदेश प्रचारप्रसार सचिव अनिता थापा मगरले सन्चालन गरेकी थिईन ।उक्त कार्यक्रममा गण्डकी प्रदेशका अध्यक्ष , लम्जुङ जिल्ला अध्यक्ष र गोरखा जिल्ला अध्यक्षद्वारा मुलवासी भएर मुलवासी भन्न नडराइ ८०% अहिन्दु मुलवासी मंगोल मुक्तिको लागि एम.एन.ओ. लाई राजनैतिक ,आर्थिक ,भौतिक रुपमा साथ र सहयोग गर्नको लागि आह्वान गर्दै एकदिन सत्यको जित हुने र मुलवासी मंगोलको भविस्य सुनौलो हुने दावी गर्दै मन्तब्य राखिएको थियो।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology