आइतबार 5 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

गोरखाले थाल्यो गाउँ अभियान कार्यक्रम

mongol vision | 10 अप्रिल 2021

गोरखाले थाल्यो गाउँ अभियान कार्यक्रम

गोरखा / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा गोरखाले जिल्लामा गाउँ अभियानको थालनी गरेको छ ।

गाउँ गाउँ जाऔ मुलबासी मंगोल जगाऔ अवस्तित्व बचाउ भन्ने केन्द्रीय अभियानलाई आत्मसात गर्दै जिल्ला सभाले गाउँ अभियान थालनी गरेको हो । गोरखा जिल्ला सभा अध्यक्ष गंगा राना मगरको नेतृत्वमा अभियान सञ्चालन भइरहेको छ । चैत २० गते बाट सुरु भएको गाउँ अभियान अहिले जिल्लाको शहिद लखन गाउपालिकाको विभिन्न वाड एबं गाउँहरुमा मंगोल जनसमुदायहरुको घर घर गएर एम एनओको कुराहरु सुनाउँदै मंगोल दर्शन बारेमा जनचेतना जगाउने काम भइरहेको अभियानमा संमलग्न जिल्ला सभाका प्रचार प्रसार सचिब नवीन घलेले बताउनु भयो ।

उहाँका अनुसार टोलीले गाउँ पालिकाको वाड १ को ठुलो दिप्लिङ्ग, सानो दिप्लिङ्ग, कुसेन्डे, भुक्टेनि, बाँझगरा, गाल्दुक, गैरीगाऊ वाड २ को आँप स्वारा, ढाँडबारी, हटिया, बक्रेस्वरी, बेतेनी वार्ड नम्बर ३ को बरवटे, केवरपानी, लामाछाप, सिलिङ् कोट गाऊ, दार्सिङ्ग, माथिल्लो ग्याजा, तल्लो ग्याजा, निभारे, तिनघरे, नयाँ बस्ति, करन्टार, भुवनटार, सिलिङ्टार, घुर्लीस्वारा, झ्यापि डाँडा, कानाटार, कुसुमपानि, वाड ૪ को तेर्से, ठकुवाटार हुँदै, बरालथोक, बाहुनथोक, चेरसथोक, रिन्जेली, वाड नम्बर ५ को मासिछाप, भ्याकुरे, तिनमाने, डाँडा गाउ, देऊराली छाप, गुर्दुम, भैसपोल, धारा पानि, वाड ६ को जामिरे स्वारा, राना गाउ, धैरुङ्ग, रानिस्वारा, तिनघरे बासकोट, पिपलछाप, अंधेरी, कोटथोक, गैरीछाप हटिया लगायतको ठाउँहरुमा कार्यक्रम गरिसकेको छ । टोलिले गाउँ अभियान सँगै मंगोल नेशनल अर्गनाइजेशनको साधारण सदस्य समेत बितरण गरिरहेको छ । हाल सम्म ५० जनालाई संगठनको सदस्यता बितरण गरिएको घलेले बताउनु भयो । अभियानमा जिल्ला सदस्य तिम्बा ग्याल्चेन, आशा घले, मन कुमार थापा मगर, यम बहादुर गुरुङ्ग, सहिद लखन गाउँ सभा सदस्यहरु सार्कि घले, तारा थापा मगर, सन्त बहादुर आले लगायतको सहभागिता रहेको थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्