मङ्गलबार 23 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

गोरखामा अधिवेशनको धमाधम तयारी

Mahendra Thapa | 18 फेब्रुअरी 2020

गोरखामा अधिवेशनको धमाधम तयारी

गोरखा/ मंगोल नेशनल अर्गनाइजेशन गोरखा जिल्लाको अधिवेशन मिति तय संगै नगर, गाउँ, वडा र टोल सभाहरू पनि आ-आफ्नो अधिवेशनको मिति धमाधम तय हुन थालेको छ ।

    15 Feb ,2020 का दिन टुकराङ वडा सभाका अध्यक्ष श्याम तामाङको सभाधक्ष्यता र मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रदेश सभाका सल्लाहकार देव थापा मगरको प्रमुख आतिथ्यतामा बारपाक गाउँपालिका वडा ४ टुकराङको प्रथम ऐतिहासिक वडा अधिवेशन मिति तय भएको छ । गोरखा जिल्लाको तेस्रो एतिहासिक जिल्ला अधिवेशनको तिव्र तयारीसङ्गै अधिवेशनलाइ नै मध्य नजर गर्दै विभिन्न नगर तथा गाउँ, वडा सभाका अधिवेशनका मिती तोकिएको छ । टुकराङ सभाको बैठकमा प्रमुख प्रस्तावमा राखिएको मंगोल नेशनल अर्गनाइजेसन टुकराङ सभाको प्रथम ऐतिहासिक अधिवेशनमा व्यापक छलफल गरि आगामी मार्च 2, 2020 मा टुकराङ वडा अधिवेशन सफल रुपमा गर्ने निर्णय गरिएको छ ।

    साथै पुर्व टुकराङ वडा सभाका अध्यक्ष श्याम तामङ्ज्युको संयोजकत्वमा 11 सदस्यीय मुलआयोजक सभा गठन गरिएको छ । प्रमुख अतिथि थापाले हिन्दु आर्यन शरणार्थी बाहुन क्षेत्रीहरुले मंगोल पुर्खाको षड्यन्त्रपुर्वक हत्या गरि मंगोलको शासन सत्ता आफ्नो हातमा लिएर यो देशका मुलवासी मंगोलहरुको दुर्दिन सुरु गोरखा जिल्लाबाटै भएको र अब 450 वर्ष देखिको यो वर्णभेदी नितिको जरा उखेलेर फाली बुद्ध दर्शनको समान्ता , स्वतन्त्र र भातृत्व र मंगोल नेशनल अर्गनाइजेसनका फाउन्डर प्रेसिडेन्ट युग पुरुष अमर म डा.गोपाल गुरुङज्युको लोकतन्त्र, धर्म निरपेक्ष र प्रान्तिय सरकारलाई सहि रुपमा संस्थागत गर्न इतिहास रच्ने एउटा अवसर र चुनौती थपिएको बताउदै टुकराङ टोल सभाको अधिवेशन सभ्य र भव्य रुपमा सफल पार्ने शुभकामना व्यक्त गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्