आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

गोरखामा एम एमओले थाल्यो दैनिक घरदैलो कार्यक्रम

mongolvision | 4 अक्टोबर 2021

गोरखामा एम एमओले थाल्यो दैनिक घरदैलो कार्यक्रम


अनिता थापा
गोरखा / गोरखा जिल्ला अन्तर्गत विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुको विभिन्न स्थानहरुमा यतिबेला   मुलवासी राष्ट्रवाद सम्बन्धि  विभिन्न कार्यक्रम धमाधम सन्चालन भइरहेको छ । गोरखा जिल्लाका मंगोल नेशनल अर्गनाइजेसनका नेता तथा कार्यकर्ताहरु समुदायहरुको घरदैलोमा पुगेर राजनैतिक चेतना छर्ने तथा औपचारिकरुपमा प्रशिक्षण संचालन गर्ने काम चुनावलाई मध्य नजर गर्दै तिव्र पारिरहेको  छ ।

2 अक्टोबर को दिनमा मंगोल नेशनल अर्गनाइजेसन गोरखा नगर सभाको आयोजनमा गोरखा न.पा.-०८, सिमल गैरीमा मंगोल नेशनल अर्गनाइजेसन गोरखा नगर सभाको अध्यक्ष कृष्ण तामाङको सभाधक्ष्यतामा र मंगोल नेशनल अर्गनाइजेसन गण्डकी प्रदेश सभाका सल्लाहकार देव थापा मगरको प्रमुख आतिथ्यमा एकदिने मंगोल राष्ट्रवादसम्बन्धी प्रशिक्षण पश्चात् पुर्ण बहादुर तामाङको अध्यक्षतामा गोरखा न.पा.-०८, तदर्थ वडा सभा गठन भएको छ र सचिवमा कल्याण अच्छामी रहनुभएको छ । उक्त कार्यक्रमका विशिष्ट अतिथिहरुमा गोरखा जिल्ला सभाका कोषाध्यक्ष नेम बहादुर गुरुङ र प्रचार प्रसार सचीव नवीन घले हुनुहुन्थ्यो  । कार्यक्रममा स्वागत मन्तव्य गोरखा जिल्ला सदस्य शेर बहादुर गुरुङले दिनुभएको थियो र संचालन सचीव कृष्ण कुमारी  घले श्रेष्ठले गरेका थिए  ।
त्यस्तै  ३ अक्टोबर आईतबारको दिनमा धार्चे गाउँपालिकाको आयोजनामा मंगोल नेशनल अर्गनाइजेसन आरुघाट गाउँपालिका सभाका अध्यक्ष राम लामाको सभाधक्ष्यतामा र गोरखा जिल्ला सभा अध्यक्ष गंगा राना मगरज्युको प्रमुख आतिथ्यतामा एकदिने प्रशिक्षण पश्चात् मंगोल नेशनल अर्गनाइजेसन धार्चे वडा-६ मा तदर्थ वडा सभा गठन भएको छ । उक्त कार्यक्रमका विशिष्ट अतिथी मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा गोरखाका सदस्य यम गुरुङ हुनुहुन्थ्यो । उक्त कार्यक्रमका सञ्चालक गोरखा जिल्ला सभाका सदस्य शरद गुरुङ हुनुहुन्थ्यो  । नवगठित तदर्थ वाड सभाका पदाधिकारीहरु यस प्रकारको रहेको छ अध्यक्ष श्रीमान गुरुङ ,सचीव चिना माया गुरुङ ,सल्लाहकार  मात्र गुरुङ ,सदस्य हरु कान्छी माया गुरुङ ,जिवन गुरुङ ,पुजा गुरुङ ,आइती गुरुङ ,धामी गुरुङ ,जीवन गुरुङ ,तिर माया गुरुङ र सीता माया गुरुङ रहेका छन ।
त्यस्तै गरि ४ अक्टोबर मा धार्चे  २ मा मंगोल नेशनल अर्गनाइजेसनको तदर्थ  टोल सभा गठन गरिएको छ । नव गठन भएको टोल सभाको अध्यक्षमा  बिक्रम गुरुङ , सचिबमा रोमन गुरुङ , सल्लाहकारमा  सानू कान्छा गुरुङ र सदस्यहरुमा कोपिला गुरुङ ,सोम ब गुरुङ ,बुद्ध राज गुरुङ ,आशिष गुरुङ, बिनोद गुरुङ र राम ब गुरुङ रहेका छ्न 

गोरखामा एम एमओले थाल्यो दैनिक घरदैलो कार्यक्रम

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्